हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार : मन्त्री खापुङ « Khabarhub

हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार : मन्त्री खापुङ


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बच्चालाई आमाको स्तनपान गराउन शिक्षित वर्गले नै बेवास्ता गरिरहेको बताएका छन्।

विश्व स्तनपान सप्ताहका अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएको भन्दै उनीहरूको अधिकार हनन गर्न नहुने पनि बताए।

उनले धेरै स्वास्थ्य संस्थाहरूले पनि स्तन पानको विषयमा विभिन्न कार्यक्रमहरू ल्याउने गरे पनि प्रभावकारी हुन नसकेको धारणा राखे। स्तनपान गराउनेको संख्या कर्णाली प्रदेशमा धेरै देखिएको र बागमती प्रदेशमा स्तनपान गराउनेको संख्या कम देखिएको उनले बताए । उनले स्तनपान कम गराउने कारण पत्ता लगाई प्रभावकारी गराउनुपर्ने बताए।

विश्व स्तनपान सप्ताहका अवसरमा उक्त अस्पतालमा बेबी मिल्क बैंक स्थापना गरिएको छ । जन्मेदेखि ६ महिना सम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न बेबी मिल्क बैंक स्थापना गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ४१ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको