स्ट्यान्डर्ड नाप र तौल विधेयकले नापतौलको गुणस्तर व्यवस्थापनमा टेवा पुग्ने « Khabarhub

स्ट्यान्डर्ड नाप र तौल विधेयकले नापतौलको गुणस्तर व्यवस्थापनमा टेवा पुग्ने


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयकले विश्वबजारमा जाने नेपाली सामानलाई प्रमाणीकरण गरी विश्वसनीयता बढाउन टेवा दिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले नापतौलका क्षेत्रमा मुलुकमा समरूपता परीक्षण, निरीक्षण र गुणस्तरीयताका लागि विधेयक आवश्यक भएको बताए । उनले नापतौलको गुणस्तर व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक पद्धति र आधुनिक प्रविधिको उपयोग गर्नेगरी विधेयक ल्याइएको  जानकारी दिए । 

बैठकले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ३४ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ