यु २० साफ च्याम्पियनसिपः फाइनलका लागि नेपालले माल्दिभ्स र भारतको नतिजा कुर्दै « Khabarhub

यु २० साफ च्याम्पियनसिपः फाइनलका लागि नेपालले माल्दिभ्स र भारतको नतिजा कुर्दै


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ ।

भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा स्थान सुरक्षित गरेको छ । अब, नेपाल र भारत मध्य एक टोली फाइनल पुग्नेछन् ।

समूह चरणको अन्तिम खेलमा आज साझ सवा ७ बजे भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा भारत पराजित भए नेपाल फाइनल पुग्नेछ । यदि भारतको जित या बराबरले भने भारत नै लगातार फाइनलमा स्थान बनाउनेछ ।

मंगलबार बंगलादेशका लागि अहमद नोभाले खेलको ६४औं मिनेटमा अग्रता दिलाए । नेपालका वैकल्पिक खेलाडी निराजन मल्लले खेलको ६८औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यस अघि खेलको दोस्रो हाफमा मैदानमै हात हालाहालको अवस्था सृजना भएपछि नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्डको सामना गरेका थिए । नेपालमा दिपेश गुरुङले सिधै रातो कार्ड पाएका थिए ।

यस्तै बेन्च खेलाडी रोहित सुब्बाले रातो कार्ड पाएका थिए । बंगलादेशका बाहिदुल इस्लामले दोहोरो पहेँलो कार्डको सामना गरेका थिए ।

यस अघि प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग ८–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ०२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित