अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन « Khabarhub

अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षाका कारण झरेको पहिराले आज मध्याह्नदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत गोरखा नगरपालिकामा पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डस्थित तिनकिलो घुम्तीमा माथिबाट खसेको पहिरो पन्छाएर सडक पुनःसञ्चालन गरिएको प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिए ।

‘झण्डै साढे ३ घण्टापछि तनहुँतर्फबाट जेसिवी ल्याएर पहिरो हटाइएको हो,’ उनले भने, ‘पहिरो हटाएसँगै दुईतर्फि सडक पुनःसञ्चालन भएको छ ।’
आज मध्याह्न सडकमा माथिबाट ठूलो पहिरो खसेको थियो ।

गत वर्षमा सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । सडक सञ्चालनमा आएसँगै गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारी नियमितरूपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : २६ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको