नेपालमा बढ्दैछ ‘टोमाटो फ्लू’को जोखिम « Khabarhub

नेपालमा बढ्दैछ ‘टोमाटो फ्लू’को जोखिम


१७ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लू’ को जोखिम नेपालमा पनि बढ्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

उच्च संक्रामक मानिएको ‘टोमाटो फ्लू’ खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा टमाटरजस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लू’ नाम दिइएको हो ।

भारतमा अहिलेसम्म एक सयभन्दा धेरै जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नरहेको भए पनि यसको विशिष्ट औषधि भने छैन  । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लू पहिलो पटक केरला राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो । संक्रमण फैलँदै गएपछि भारत सरकारले गत मंगलबार एक निर्देशिका जारी गर्दै सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

भारतमा फ्लूको संक्रमण बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको भन्दै मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा जानकारी दिई उपचार गराउन विज्ञहरूले सुझाव दिएका छन् । संक्रमणका कारण नेपालमा पर्न सक्ने प्रभावबारे अध्ययन भइरहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले बताए । नेपालसँग भारतीय राज्य बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, उत्तराखण्ड, असम, सिक्किमल लगायतका सीमा क्षेत्रमा संक्रमणबारे सतर्क गराइने डा. दासले जनाएका छन् ।

भारतमा फैलिएको जुनसुकै संक्रमण नेपाल आउने भन्दै जनस्वास्थ्यविद् बाबुराम मरासिनीले अधिकारी निकायले जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालमा पहिला देखिनै देखिने गरेको ह्याण्डमाउथ संक्रमणको उपप्रजाति हुनसक्ने पनि बताएका छन् ।

फोहोर मैलामा धेरै यो रोग संक्रमण हुने भएकाले बालबालिकाको सरसफाइमा ध्यान दिन डा. मरासिनीको सुझाव छ । बालबालिकामा देखिने रोग भनेर चिनिए पनि ३२ वर्षसम्म उमेर समूहसम्म पनि यो फ्लू देखिन सक्ने उनले बताए ।

‘हामीले तीस बत्तीस वर्षमा पनि यस्तो लक्षण मिल्ने संक्रमणको उपचार गरेका छौँ, त्यसैले त्रास फैलाउने होइन, सचेत भएर हेरचाह गर्नुपर्छ,’ उनले भने ।

बालबालिकालाई यस्तो संक्रमण भयो भने घरमा नै राखेर सिटामोल दिन उनको सल्लाह छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ६ : ३३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको