विकार रगत निकालेर उपचार गरिने ‘रक्त मोक्षण’ विधि « Khabarhub

विकार रगत निकालेर उपचार गरिने ‘रक्त मोक्षण’ विधि

यो विधिमा जुका प्रयोग गरेर पनि रगत निकालिन्छ



पछिल्लो समय आयुर्वेदिक उपचारको प्रयोग बढ्न थालेको छ। कोरोना सङ्क्रमणकै बेलामा पनि कतिपय उपचार यही विधिमा गरिएको थियो। आयुर्वेदिक उपचारमा दुखाइ कम गर्न प्रयोग गरिने रक्त मोक्षण विधि कस्तो उपचार हो र यो उपचार गरिसकेपछि फाइदा के के हुन्छन् लगायतका विषय वरिपरि रहेर खबरहबका लागि डा. जया सत्यालसँग खबरहबकर्मी विना न्यौपानेले गरेको कुराकानी:

रक्त मोक्षण भनेको कस्तो उपचार हो ?
रक्त भनेको रगत र मोक्षण भनेको निकाल्ने भन्ने हुन्छ। शरीरमा भएको अस्वस्थ रगतलाई निकालेर गरिने उपचार विधि भनेर भनिन्छ।

धेरै रोगको रगत दिएर उपचार गरिन्छ। तर, कस्तो व्यक्तिमा यो उपचार गरिन्छ ?
प्राचीन चिकित्सा पद्धति जसलाई हामी आयुर्वेदिक भन्छौँ, त्यसमा सुसुसमिता भन्ने किताब छ। त्यहाँ मानिसका रोगका विभिन्न कारणहरू हुन्छन्। बाथ, पित्त, कफ र रगत भनेर रोग उत्पादन गर्ने रोगको कारणको रूपमा हेरेको छ। जुन पित्त र रगतसँग सम्बन्धित समस्याका कारण हुने रोगमा रगत निकालेर उपचार गरिन्छ। जस्तो छालाको समस्या सुनिने समस्यामा रक्त मोक्षण गरिन्छ।

कुन उमेर समूहमा यो उपचार पद्धति गरिन्छ ?
यही उमेर भन्ने मापदण्ड छैन। तर, सामान्यतया एकदमै हाइपर टेन्सन भएको बिरामी, गर्भवत, रगत निकाल्दा डराउने व्यक्तिबाहेक जुन पित्त र रगतसँग सम्बन्धित सबै बिरामीमा यो उपचार गरिन्छ।

यसले के के फाइदा गर्दछ ?
विशेष गरी यसले शरीरमा भएको अशुद्ध रगतलाई निकाल्ने हो। अशुद्ध रगत शरीरमा भयो भने धेरै रोग लाग्छ। त्यसलाई यसले रोक्छ भने शरीरलाई सफा राख्न मद्दत गर्दछ । दुखाइ कम गर्न र शुद्ध रगतको सञ्चालन गर्न पनि मद्दत गर्दछ।

यो उपचार एक पटक गरे पुग्छ कि पटकपटक गर्नुपर्छ ?
रोगको प्रकृति अनुसार केही गर्दा पनि निको भएन भने एक पटक रक्त मोक्षण गर्दा पनि दुखाइ कम हुन्छ। छालाका रोगहरू सोडियासेस, इग्जमा त्यसमा पटकपटक पनि रक्त मोक्षण गर्नुपर्ने हुन सक्छ। यो विधि हाम्रो मित्र राष्ट्र चीनमा पनि अपनाइने गरिन्छ। एकदमै ज्वरो आयो या घाँटी दुख्यो भने पनि हाम्रो शरीरमा हिटको मात्रा बढी भएर हो भने त्यो हिटलाई बाहिर फाल्नुपर्दछ भनेर उनीहरूले कपिङको माध्यमबाट रक्त मोक्षण गर्दछन्।

यो उपचारमा कुन ठाउँको रगत निकाल्ने भन्ने कुराको पहिचान कसरी गर्ने ?

दुखाइको अवस्था हेरेर मात्र यो उपचार गरिन्छ। जस्तो कि, कुनै एउटै संवेदनशील दुखाइ भइरहेको छ भने मात्र रक्त मोक्षण गरिन्छ। जुनसुकै प्रकारको दुखाइमा यो गर्ने हैन। सम्बन्धित चिकित्सकले जाँच गरेर रक्त मोक्षण गरिन्छ।

रगत निकाल्दा कति निकाल्ने त ?
रगत निकाल्ने पनि विधि हुन्छ। जस्तो जुकाहरूको प्रयोग गरेर निकालिन्छ। गोरुको सिङहरूको सहायताले पनि निकालिन्छ। त्यसको मात्रा भनेको रोगको प्रकृति हेरेर हुन्छ। कुनैमा एक दुई थोपा मात्र पनि निकालिन्छ। कुनैमा रगत ननिकाली त्यो ठाउँमा घर्षण गरेर मात्र पनि उपचार गर्दछौँ। कतिपय अवस्थामा २० एमएल पनि निकाल्नु पर्दछ। त्यसैले कुन प्रकारको रक्त मोक्षण गर्नै भन्ने बारेमा पनि भर पर्दछ। यो उपचार नरदेवी आयुर्वेदिक अस्पतालमा सुरु भएको छ। छालासँग सम्बन्धित, ज्वरो लामो समयसम्म आएको अवस्थामा, लामो समयसम्म घाँटीको समस्या धेरै ठाउँमा उपचार गरेर पनि केही सीप नलागेपछि यहाँ आउने बिरामीहरूलाई अवस्था हेरेर हामीले उपचार गर्छौँ।

यो उपचार सबैको पहुँचमा छ कि छैन ?
यो उपचार नरदेवी आयुर्वेदिक अस्पतालको कुरामा एकदमै सुलभ दरमा छ। त्यसैले यहाँ आउँदा सस्तो उपचार गरिन्छ।
प्रस्तुति: पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ५८ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका