पहिरोका कारण आज यी सडक अवरुद्ध छन्  « Khabarhub

पहिरोका कारण आज यी सडक अवरुद्ध छन् 


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला, पाल्पा र चितवनमा सडक अवरुद्ध भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रहरीले स्थानीय निकायसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ०२ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले