गोरखा १ बाट प्रचण्ड र २ बाट नारायणकाजीको नाम सिफारिस « Khabarhub

गोरखा १ बाट प्रचण्ड र २ बाट नारायणकाजीको नाम सिफारिस


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फ  क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिए । सोही क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र ध्रुवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र सो क्षेत्र अन्तर्गत प्रदेशसभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र  र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

सो क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेदवारको प्रस्तावित नामावलीको समेत टुङ्गो लगाएको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : २९ बजे

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत