नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस « Khabarhub

नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र  समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको संघीय क्षेत्र नं १ र २ को समिति बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ(लाप्साङ), समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ मङ्गलाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्रकुमार तामाङ, निशा लामा, दोर्जे लामा र पाल्साङ लामाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतम तथा  समानुपातिकतर्फ प्रदीपकुमार लामा, पासाङ डोल्मो लामा, यशु लामा र ध्रुवकुमार रायमाझी र प्रतापसिं लामाको नाम सिफारिस गरिएको छ । (ख) मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुष्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर तामाङ, सरोजप्रसाद कुइँकेल र रामदेवी लामाको नाम परेको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, पदमबहादुर परियार र विना परियारको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को (क) मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ।  उनी अहिले पनि बागमती प्रदेशसभा सदस्य छन् । समानुपातिकतर्फ हरिगोपाल प्रधानाङ्ग, वीरबहादुर तामाङ र कल्पना श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ को (ख) मा भने प्रत्यक्षतर्फ बसुन्धरा हुँमागाईको नाम सिफारिस गरिएको छ । उनी बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री एवं एकीकृत समाजवादी पार्टीको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष हुन् । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ दिलबहादुर तामाङ, राजकृष्ण गिरी, प्रेमकुमार तामाङ र मधु श्रेष्ठको नाम सिफारिस गरेको जिल्ला कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले बताए ।

उनका अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिबाट सिफारिस भएर आएको नामलाई बागमती प्रदेश समितिमा पठाइएको र सो समितिबाट आवश्यकताको आधारमा छनोट गरी केन्द्रीय कमिटीमा पठाएपछि त्यहाँबाट अन्तिम टुङ्गो लाग्ने भएको छ  ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : २६ बजे

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको