नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस « Khabarhub

नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र  समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको संघीय क्षेत्र नं १ र २ को समिति बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ(लाप्साङ), समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ मङ्गलाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्रकुमार तामाङ, निशा लामा, दोर्जे लामा र पाल्साङ लामाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतम तथा  समानुपातिकतर्फ प्रदीपकुमार लामा, पासाङ डोल्मो लामा, यशु लामा र ध्रुवकुमार रायमाझी र प्रतापसिं लामाको नाम सिफारिस गरिएको छ । (ख) मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुष्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर तामाङ, सरोजप्रसाद कुइँकेल र रामदेवी लामाको नाम परेको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, पदमबहादुर परियार र विना परियारको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को (क) मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ।  उनी अहिले पनि बागमती प्रदेशसभा सदस्य छन् । समानुपातिकतर्फ हरिगोपाल प्रधानाङ्ग, वीरबहादुर तामाङ र कल्पना श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ को (ख) मा भने प्रत्यक्षतर्फ बसुन्धरा हुँमागाईको नाम सिफारिस गरिएको छ । उनी बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री एवं एकीकृत समाजवादी पार्टीको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष हुन् । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ दिलबहादुर तामाङ, राजकृष्ण गिरी, प्रेमकुमार तामाङ र मधु श्रेष्ठको नाम सिफारिस गरेको जिल्ला कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले बताए ।

उनका अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिबाट सिफारिस भएर आएको नामलाई बागमती प्रदेश समितिमा पठाइएको र सो समितिबाट आवश्यकताको आधारमा छनोट गरी केन्द्रीय कमिटीमा पठाएपछि त्यहाँबाट अन्तिम टुङ्गो लाग्ने भएको छ  ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : २६ बजे

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई