राजकुमार बरालको शिक्षा विमर्श पुस्तक शृङ्खला सार्वजनिक « Khabarhub

राजकुमार बरालको शिक्षा विमर्श पुस्तक शृङ्खला सार्वजनिक


१७ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षाका अध्येता राजकुमार बरालको ‘शिक्षा विमर्श भाग १, २ र ३’  पुस्तक शृङ्खलाको विमोचन भएको छ। शिक्षा विमर्श प्रालिद्वारा प्रकाशित उक्त पुस्तक बिहीबार विमोचन गरिएको हो।

शिक्षा विमर्शको भाग १ ले सार्वजनिक शिक्षाको चिरफार गरेको छ भने भाग २ मा शिक्षाको इतिहास, जङ्गी शिक्षा, शिक्षा आयोगका रस्साकस्सीलाई समेटेको छ। त्यस्तै भाग ३ मा विश्वको आधुनिक शिक्षा, विश्वकै उत्कृष्ट शिक्षाविद्को योगदानलाई समेटिएको छ। पुस्तकको हरेक भागमा शैक्षिक गतिविधिका सबै पाटोलाई केलाइएको लेखक बरालले बताए।

त्यस्तै पुस्तक विमोचन गर्दै वरिष्ठ शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षा विमर्शका ३ वटै भाग संवेग र विवेक मिलाएर लेखिएको बताए। हरेक भागमा भूमिका लेख्ने जिम्मेवारी पाएका शिक्षाविद् डा. कोइराला लेखकसँग चिन्तन, चिन्ता र शान्त भएर लेख्ने क्षमता भएको टिप्पणी गर्छन्।

‘पुस्तकको हरेक भागले धेरै पक्षलाई समेटेको छ। भाग १ ले सार्वजनिक शिक्षा,  शिक्षक आन्दोलन, शिक्षण तालिम, शिक्षण विधि परीक्षणलगायत, भाग २ ले शिक्षाको ऐतिहासिक शिक्षा आयोगको अनुभूति र रस्साकस्सी, नेतृत्व, नियम, कार्य व्यवस्थापन, द्वन्द्व व्यवस्थापन कसरी गर्ने भनेर व्याख्या गरेको छ। भाग ३ ले प्राध्यापकले गर्न सक्छ भन्ने विश्लेषण पनि छ।

यसैगरी कार्यक्रममा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले विश्वका शिक्षाका विभिन्न अभ्यास, प्रवृत्ति, चिन्तन गरिनुपर्छ भनेरै लेखकको उदय भएको बताए।

शिक्षा विमर्श प्रालिका अधयक्ष बाबुराम थापा प्रकाशित पुस्तकको भाग २ मा आफ्नैबारे टिप्पणी उल्लेख भएको बताए। पुस्तकले नेपालको सार्वजनिक शिक्षालाई बलियो बनाउने स्रोतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोजी गरेको प्रस्ट्याए।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  २ : ०५ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग