त्रिचालीस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान  « Khabarhub

त्रिचालीस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान 


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ । व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो । 

विद्यालयमा अध्ययनरत ती बालबालिकालाई निशुल्करूपमा खाना र आवासको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालयमा पठनपाठन सुरु गरे पनि विधिवत्रुपमा उद्घाटन गर्ने कार्यक्रम बाँकी रहेको उनले बताए । 

नगरपालिकाभित्र शिक्षा विभागबाट काटिएको प्राविको ५३ दरबन्दीलाई परिपूर्ति गर्न स्वयम्सेवक शिक्षक भर्ना प्रक्रिया अघि बढाइएको छ । वडा नं १० बैरेनीले जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोषसँग स्रोत साझेदारीका लागि कार्य अघि बढाएको छ । नगरपालिकाअन्तर्गतका योजनालाई व्यवस्थित र चुस्तदुरुस्त गर्न डिजिटलाइजेसन प्रविधि ल्याइएको छ । 

नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयको स्थापित सहायता कक्षबाट सेवाग्राहीलाई आवश्यक निवेदन र कागजातको फोटोकपी निःशुल्क उपलब्ध गराइँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरवासीका समस्या सुन्न तथा गुनासो सुन्न २४ घण्टा नै खुल्ला रहने टोल फ्रि नं १६६०६५५२००६ सञ्चालनमा ल्याइएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संकलित लगतलाई डिजिटलाइजेसन गरी वडा नं १, २, ३ मा निस्सा वितरण गरिएको छ । बाँकी फाइल डिजिटलाइजेसन गर्न आदिकवि भानुभक्त क्याम्पससँग तीस दिनको सम्झौता गरी द्रुतरुपमा काम सम्पन्न गर्न कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । फोहोरमैला विसर्जनको स्थायी व्यवस्थापन गर्न नगरपालिकाले आफ्नै जग्गा खरिद गरी सरसफाइ केन्द्र स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ४० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल