सिन्धुपाल्चोकमा अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेको अलैँची व्यवसायी शशिनाथ शाक्यले बताए । रोग लागेर अलैँचीका बिरुवा सखाप हुनुअघि शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्ने गरेको बताए । अलैँचीको बेर्ना उत्पादन तथा भट्टी राखेर लाखौँ आम्दानी गर्ने शाक्यले अहिले यो व्यवसाय चटक्कै छोडेको बताए । 

अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैँले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैँले नष्ट नगरेको उनले बताए । उनका अनुसार अलैँचीमा लाग्ने सिन्धुरे रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले पेशा नै छाडेको शाक्यले बताए । शाक्य जस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन् । 

जिल्लामा अलैँचीको राम्रो सम्भावनासँगै उत्पादन पनि व्यापक हुन थालेपछि विदेशिएका युवा पनि गाउँमै व्यावसायिक अलैँची उत्पादन गर्दै आएका थिए । पछिल्ला वर्षमा अलैँचीका बिरुवामा विभिन्न प्रकारका रोग तथा सङ्क्रमण भएपछि बोट मर्ने तथा उत्पादन घट्न थालेको अलैँची व्यवसायी महासङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष दोकदोक तामाङले बताए ।

उपाध्यक्ष तामाङका अनुसार केही वर्षअघिसम्म कृषकमा जुन उत्साह थियो । हाल त्यस्तो नभएको र धेरै कृषकले अलैँचीखेती छाड्ने तरखरमा रहेका छन् । कतिपयले त व्यावसायिक अलैँचीखेती नै छाडेर अन्य पेशातर्फ लाग्न थालेको उनले बताए । कुनै समय सिन्धुपाल्चोकमा उत्पादित अलैँची नेपालकै नमूनाका रुपमा चिनाउन सफल भए पनि पछिल्लो वर्षमा पहिलाकै तुलनामा उत्पादन हुन नसकेको उनको भनाइ छ ।

जिल्लामा उत्पादित अलैँचीको निश्चित बजार नहुँदा बजार खोज्नुपर्ने झन्झट, उत्पादनका बेला मूल्य घटाउने, विचौलियाको चलखेल र रोग प्रकोप लागेका बिरुवामा उचित उपचार नपाएपछि व्यवसायी पेशाबाटै पलायन हुन बाध्य भएको शिखरपुरका अलैँची व्यवसायी शंकर खनालले दुःखेसो पोखे ।

अलैँची उत्पादनसँगै जिल्लामा व्यावसायिकरुपमा अलैँचीका बिरुवा पनि उत्पादन हुँदै आएको थियो । पछिल्ला वर्षमा अलैँची बिरुवा पनि खासै उत्पादन हुन नसकेको ज्यामिरेका अलैँची व्यवसायी विनोद गिरीले बताए । उनका अनुसार अघिल्ला वर्षमा जिल्लाका नर्सरीमा उत्पादित अलैँचीका बिरुवा अन्य जिल्लामा समेत निर्यात हुने गरेको थियो । अहिले निर्यात हुनेगरि अलैँची बिरुवा उत्पादन हुन छाडेको छ । जिल्लामा करिब एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती हुँदै आएकामा पछिल्लो समय कृषकमा अलैँचीखेतीतर्फ आकर्षण कम हुँदै गएको छ । 

अलैँचीको मूल्य प्रतिकिलो रु दुई हजार पाँच सयसम्म पुगेपछि धान फल्ने खेतमा अलैँचीका बिरुवा लगाएका शिखरपुरका कृष्णबहादुर खनाललाई पनि अलैँचीखेतीतर्फ आकर्षण कम हुँदै गएको छ । अलैँची व्यवसायी खनालका अनुसार दशकअघि प्रतिकिलो दुई हजार पाँच सयसम्म रहेको अलैँचीको हालको मूल्य गिरावट भई प्रतिकिलो पाँच सयसम्म झरेको छ । यद्यपि जिल्लाको अलैँची गुणस्तरीय भएकै कारण खरिदकर्ताले आठ सयदेखि नौ सय पनि तिर्ने गरेका छन् । 

जिल्लाको हेलम्बु, पाँचपोखरी, मेलम्ची, जुगल, बाह्रबिसे, लिसङ्खुपाखर, त्रिपुरासुन्दरीका एक हजार दुई सय मिटरभन्दा माथिल्लो भागमा व्यावसायिक अलैँचीखेती हुने गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : २० बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले