जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ     « Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ    


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ क्वाछे बस्ने ४० वर्षीय दीपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराइ दिने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरिएको हो । उनले ६ वर्षीया बालिकालाई २०५४ मंसिर ८ गते जबरजस्ती करणी गरेको कसूरमा सर्वोच्च अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ५ : २१ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको