नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ  « Khabarhub

 नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ 


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका–५ बस्ने २६ वर्षीय प्रगास यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुलफेनारगन ५२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । 

सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८०८९ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ५ : ४० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको