अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा « Khabarhub

अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा बिहीबार दिउँसोदेखि सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माणपश्चात् केही समय एकतर्फी चलेको सडक अविरल वर्षाका कारण पुनः अवरुद्ध भएको थियो । आज अपरान्हदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

हिउँदेखोला क्षेत्रमा करिब ४० मिटर जमिनसहित सडक भासिएर बिहीबारदेखि नै राजमार्ग ठप्प बनेको हो । पहिरो खसिरहेकाले यस क्षेत्रमा जोखिम बढेको छ । सडक खुल्न थालेपछि बीच बाटोमै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । यही सडक भएर बुटवल, भैरहवा, पोखरा, गुल्मी, स्याङ्जा, पाल्पालगायत जिल्लामा सवारी साधन गुड्ने गर्दछन् । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ३१ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको