लमजुङमा एक वर्षमा ४७१ जनाले पाए रोजगारी « Khabarhub

लमजुङमा एक वर्षमा ४७१ जनाले पाए रोजगारी


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ ।

कार्यालयले जिल्लाका आठ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो ।

जस अन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम, यसै तीन महिने आधारभूत कम्प्युटर तालिम, १० दिने उद्यमशीलता विकाश तालिम, दुई महिने आधारभूत सिलाई कटाई तालिम, १५ दिने चप्पल बनाउने तालिम र दुई महिने अल्लोका सामाग्री बनाउने तालिम प्रदान गरिएको थियो ।

कार्यालयले जिल्लाका बेरोजगार ४ सय ७१ जना युवायुवतीलाई सिपमूलक तालिम प्रदान गरेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन् । उक्त सिप प्राप्त गरे पश्चात् अधिकांश स्वरोजगार बनेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ०० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको