अर्थमन्त्री शर्माद्वारा सुक्खा क्षेत्रको स्थलगत अवलोकन « Khabarhub

 अर्थमन्त्री शर्माद्वारा सुक्खा क्षेत्रको स्थलगत अवलोकन


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेको नरैनापुरस्थित सुख्खा क्षेत्रको अर्थमन्त्री जनार्दन शर्माले आज स्थलगत अवलोकन गरेका छन् । लामो खडेरीका कारण धान रोपाइँ गर्न नपाएका किसानको पीडा बुझ्न उनी नरैनापुर गाउँपालिका पुगेर वास्तविक अवस्थाको जानकारी लिएका छन् । विभिन्न वडाको अवलोकन गरेपछि मन्त्री शर्माले तत्काल गर्न सकिने र दीर्घकालीनरूपमा हल गर्न सकिने विषयमा आफूले प्रधानमन्त्री र मन्त्रीपरिषद्मा जानकारी गराएर निर्णय लिने बताए । 

आकाशे पानीको भरमा खेती गर्ने बाँकेको नरैनापुरका किसानले यसपालि परेको लामो खडेरीका कारण १५ प्रतिशत जमिनमा मात्र जसोतसो धान रोपाइँ गरेका थिए । अधिकांश खेत बाँझो हुँदा गरेको रोपाइँ पनि खेतमै सुक्दा किसान चिन्तित देखिएका छन । तीन हजार नौ सय ६६ हेक्टर जमिनमध्ये दुई सय ६० हेक्टरमा अस्थायी प्रकारको सिँचाइ सुविधा भए पनि लामो समयको सुक्खाका कारण जमिनमुनि पानीको सतह घट्दा बोरिङमा पनि पानी नआउँदा किसानले धान रोपाइँ गर्न पाएका थिएनन् । 

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकामा भोकमरी सुरु भइसकेको भन्दै तत्काल सरकारले विशेष प्याकेज ल्याएर नरैनापुरको समस्या समाधान गर्न आग्रह गरे । गाउँपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरिसकेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट नरैनापुरको समस्यालाई सम्बन्धित मन्त्रालयमा समाधान खोज्नेसमेत प्रयास भएको छ । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ५१ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’