झापा ३ बाट कांग्रेस नेता सिटौला सर्वसम्मत सिफारिस « Khabarhub

झापा ३ बाट कांग्रेस नेता सिटौला सर्वसम्मत सिफारिस


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

पार्टीको क्षेत्रीय कार्यसमितिको आज भएको बैठकमा नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले बताए ।

बैठकबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगु सिफारिस भएका छन्।

प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ प्रदेश (क)बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन विमली, भगीरथ पोद्दार र भरत प्रसाइँको नाम सिफारिस भएको छ । प्रदेश (क) मा राजवंशीको एकल नाम सिफारिस भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ४७ बजे

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको