सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य


१७ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिए ।

आजको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुवँर र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पाँच वर्षअघि भएको निर्वाचनपछि गठन भएको पहिलो प्रदेशसभाको कार्यकालको यो अधिवेशन अन्तिम हो । बैठकमा समसामयिक विषयमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गएको साढे चार वर्षको कार्यकालमा प्रदेश सरकार सङ्घीय व्यवस्थालाई स्थापित गर्न सफल भएको बताए ।

सङ्घीय व्यवस्था सहरमा होइन गाउँमा खोज्न जरुरी रहेको भन्दै उनले सङ्घीय व्यवस्थाका विरोधी तत्वप्रति सचेत भएर काम गर्नुपर्ने बताए ।

अन्तिम बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं आन्तरिक मामिलामन्त्री रणबहादुर रावल, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, प्रतिपक्षी दल नेकपा (एमाले)का प्रकाशबहादुर शाह, जनता समाजवादी पार्टीका मालामति राना र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले पनि समसामयिक विषयमा धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  १० : २२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई