सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिए ।

आजको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुवँर र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पाँच वर्षअघि भएको निर्वाचनपछि गठन भएको पहिलो प्रदेशसभाको कार्यकालको यो अधिवेशन अन्तिम हो । बैठकमा समसामयिक विषयमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गएको साढे चार वर्षको कार्यकालमा प्रदेश सरकार सङ्घीय व्यवस्थालाई स्थापित गर्न सफल भएको बताए ।

सङ्घीय व्यवस्था सहरमा होइन गाउँमा खोज्न जरुरी रहेको भन्दै उनले सङ्घीय व्यवस्थाका विरोधी तत्वप्रति सचेत भएर काम गर्नुपर्ने बताए ।

अन्तिम बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं आन्तरिक मामिलामन्त्री रणबहादुर रावल, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, प्रतिपक्षी दल नेकपा (एमाले)का प्रकाशबहादुर शाह, जनता समाजवादी पार्टीका मालामति राना र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले पनि समसामयिक विषयमा धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १० : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्