सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई « Khabarhub

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो । लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले हराएको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले एक–एकको बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो ।

उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले रु २० हजार प्राप्त गरे ।

यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरूले जनही १०–१० हजार पाए ।

पिएफए स्पोट्स क्लब अत्तरियाको आयोजनामा भएको प्रतियोगितामा देशका पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : २८ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली