समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन « Khabarhub

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ।

मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दललाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात् मंसिर १६ सम्मको समयावधि दिएको थियो।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए। जसअनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन्।

बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आइतबार आयोगमा बोलाइएको छ। प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन्।

दलले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ५४ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको