आमा र काकाको हत्या आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

आमा र काकाको हत्या आरोपमा एक जना पक्राउ


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा- कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् ।

शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि खुकुरी लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ११ : ११ बजे

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला

दिल्ली कार विस्फोटः सबै सिसी क्यामेरा जाँच गर्न आदेश

नयाँदिल्ली – भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै

काठमाडौं – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध