आमा र काकाको हत्या आरोपमा एक जना पक्राउ « Khabarhub

आमा र काकाको हत्या आरोपमा एक जना पक्राउ


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा- कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् ।

शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि खुकुरी लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ११ : ११ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य