'सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ' | Khabarhub Khabarhub

‘सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ’


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास-१ गल्वुबेंसी निवासी ४८ वर्षीया कृष्णमाया दुराको दैनिकी केही वर्षअघिसम्म सहकारी संस्थाका महिला सदस्यसँग विषयगत छलफल र कुराकानी गरेरै बित्ने गर्दथ्यो । सहकारीमार्फत महिला सदस्य र समुदायमाझ राम्रो छवि बनाएको उनले २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी लीला दरैले भन्दा नौ सय ४४ मत बढी प्राप्त गरी महिला वडा सदस्यमा निर्वाचित भइन् । 

व्यास नगरपालिकाको कार्यकारिणी सदस्यसमेत रहेका उनी अहिले विकास निर्माण र समुदायको समस्या समाधानमा सक्रिय भएर जुट्ने गर्छन् । व्यास नगरपालिका-२ दमौलीस्थित कृष्णदेव बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएपछि नेतृत्व विकास भएको र विसं २०७५ देखि ऋण संयोजक भएर आर्थिक जिम्मेवारीसमेत लिएको दुराले बताइन् । 

‘पहिले मानिसको अघि खासै बोल्ने हिम्मत आउँथेन । पछि सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ’, दुराले भनिन्, ‘निर्वाचनमा उम्मेदवारी दिन्छु भन्ने हिम्मत पनि मलाई सहकारीले नै दिएको हो ।’ निर्वाचनमा उनले एक हजार पाँच सय ५२ मत र निकटतम् प्रतिद्वन्द्वी ३४ वर्षीया लीलाले ६०८ मत प्राप्त गरेकी थिइन्  ।

सो सहकारी संस्थाकै अर्का महिला सदस्य ३७ वर्षीया केशरीमाया थापा पनि सोही सहकारी संस्थामा ऋण संयोजक भएर दुई कार्यकाल बिताइन् । विसं २०७० सालदेखि सहकारी संस्थामा करिब पाँच वर्ष समय बिताएको उनी पनि यसपटकको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका-५ को सदस्यमा निर्वाचित भइन् । सहकारीका सदस्यको विश्वास, सहकारीमा लिएको ज्ञान र सीप व्यवहारमा प्रयोग गरेकैले निर्वाचनमा विजयी भएको आफूले ठानेको उनले बताइन् । ‘सहकारीका सदस्यसँग काम गर्ने शैलीले निर्वाचनमा सजिलो बनायो’, उनले भनिन्, ‘निर्वाचनमा विजयी हुनुमा सहकारी संस्थाको पनि ठूलो हात छ ।’ यस निर्वाचनमा उनले एक हजार एक सय नौ मत र प्रतिद्वन्द्व ५५ वर्षीया मनमाया श्रेष्ठले एक हजार ९५ मत प्राप्त गरेकी थिइन् यो । चौध मतको फरकमा विजयी हुनुको पछि सहकारीकै महिला सदस्यको साथ र सहयोग रहेको उनले बताइन् । 

उनीहरूले सक्रियता र जिम्मेवारी पूरा गर्नसक्ने खुबी देखेर नै उनीहरूलाई विभिन्न कार्यकालमा गरी आफूहरूले ऋण उपसमिति संयोजकको जिम्मेवारी सुम्पिएको संस्थाका अध्यक्ष सुकमाया थापाले बताइन् । ‘उनीहरुमा सहकारीका शेयर सदस्य महिलामा छिटो घुलमिल हुनसक्ने क्षमता थियो’, अध्यक्ष थापाले भनिन्, ‘त्यही लगन र खुबी चिनेका मतदाताले उनीहरूलाई जनप्रतिनिधिसमेत बनाइछाड्यो ।’ आफूहरूले वित्तीय सुधारको अतिरिक्त महिलाको सीप र क्षमता विकासमा समेत विभिन्न तालिम दिँदै आएको अध्यक्ष थापाले बताइन् । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ३ : ४३ बजे

‘कुलिङ पिरियड’ले सचिव-मुख्यसचिवलाई तनाव, ओली-देउवापछि सभामुखलाई भेटेर दिए दबाब

काठमाडौं- प्रस्तावित संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्न लागिएपछि निजामती

राजावादीलाई पृथ्वीसुब्बाको चेतावनी- सरकारको उदारतालाई कमजोरी नठान्नुस्

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र

काठमाडौं– नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पले लगाए ‘नरसंहार’ को आरोप

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल

कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी समझदारी

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति