चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा « Khabarhub

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन् ।  दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उनले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गरे । 

सन्देशमा सभामुख सापकोटाले भनेका छन् , ‘मौलिकता र विविधता नेपालीको मूल विशेषता रहेको छ । दसैँ, तिहार, छठलगायतका चाडपर्व सामाजिक अन्तरघुलन र सद्भाव बढाउन महत्वपूर्ण सावित भएका छन् ।’ उनले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रूपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । डेङ्गु सङ्क्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबैमा विशेष अपिल गरेका छन् । 

आगामी मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचन निष्पक्षरूपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहेको भन्दै उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने विषयलाई गहिरो गरी आत्मसात् गर्न सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : २४ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका