‘सांस्कृतिक पर्वले आपसी सहिष्णुता पैदा गर्छ’ « Khabarhub

‘सांस्कृतिक पर्वले आपसी सहिष्णुता पैदा गर्छ’


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरेका छन् । 

सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र संघीय निर्वाचनको सङ्घारमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गरेका छन् छ ।

सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ३१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका