धनकुटामा दसैँघरमा फूलपाती भित्र्याइयो « Khabarhub

धनकुटामा दसैँघरमा फूलपाती भित्र्याइयो


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

धनकुटा – नेपाली हिन्दूहरुको महान् पर्व विजयादशमीको सातौँ दिन धनकुटामा पनि दसैँघरमा फूलपाती भित्र्याइएको छ । धनकुटा नगरपालिका–५ बालमन्दिर बडहरेबाट नेपाली सेनाले ल्याइएको फूलपातीलाई धनपा–६ स्थित निशान मन्दिरको दसैँ घरमा भित्र्याइएको हो ।

फूलपातीका अवसर पारेर मन्दिरबाट डोलीमा निशान बोकेर बजार परिक्रमा गरी धनकुटाको तल्लो टुँडिखेलमा एक समारोहबीच विशेष पूजा गरी फूलपाती बढाइँ गरिएको थियो ।

फूलपाती कार्यक्रममा धनकुटामा रहेको जङ्गी निशान, शिरजङ्ग निशान र इन्द्रध्वज निशानलाई नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले सलामी दिएका थिए । मन्दिरमा अष्टमी र नवमीमा बलि पूजा गरिने र दशमीको दिन यस दसैँ घरबाट जमरा लगेर घरघरमा टीका लगाइने निशान भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा विसं १८३१ ताका यहाँ निशानको स्थापना गरी गोर्खाबाट हनुमानढोकामा फूलपाती भित्र्याउने परम्परानुसार धनकुटामा पनि दसैँ घरमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : २७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १