प्रसव पीडाकी महिलाको हेलिकप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

प्रसव पीडाकी महिलाको हेलिकप्टरमार्फत उद्धार


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- लामो प्रसव पीडामा छटपटाई रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित प्रसूति अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले बताए ।

स्वास्थ्य संस्थाले असोज ११ गतेका लागि सुत्केरी हुने दिन तोकेको थियो । असोज १४ गते शुक्रबार प्रसव पीडा सुरु भएपछि वडा नं ३ स्थित राउतबेँसी स्वास्थ्य चौकी ल्याइएको थियो । स्वास्थ्य चौकीबाट सुत्केरी गराउन नसक्ने जानकारी शनिबार परिवारलाई जानकारी गराइएको थियो ।

परिवारको आग्रहअनुसार शनिबार स्वास्थ्य चौकीमा नै राखिएको राउतबेँसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठले बताए ।

आज एम्बुलेन्समार्फत थापाथली अस्पताल लैजान सम्भव नभएकाले तादी गाउँपालिकास्थित खरानीटाबाट उहाँको हेलिकप्टमार्फत उद्धार गरिएको हो । जिल्लाको १२ स्थानीय तहमध्ये दुप्चेश्वर गाउँपालिकामा मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भइरहेको छ ।

पूर्ण संस्थागत सुत्केरी दुप्चेश्वर निर्माणको अभियानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको महत्वपूर्ण योगदान रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । हालसम्म उक्त कार्यक्रममार्फत सातजनाले सेवा लिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ५२ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी