‘पोलिस्टिक ओभरियन्स’ले पाठेघरको क्यान्सर हुनसक्छ | Khabarhub Khabarhub

‘पोलिस्टिक ओभरियन्स’ले पाठेघरको क्यान्सर हुनसक्छ

‘खाना धेरै खाने र व्यायाम कम गर्नाले समस्या बढेको छ’


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालमा पोलिस्टिक ओभरियन्स डिजिज (पीसीओडी) बढ्दै गएको छ। २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै बढेको तथ्यांक बाहिर आएका छन्। यसै विषयमा आधारित रहेर वरिष्ठ गाईनोक्लोजिष्ट डा. निभा ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

महिला प्रजनन स्वास्थ्यमा पीसीओडी कस्तो समस्या हो त ?
हाम्रो पाठेघरको छेउ छेउमा जुन अन्डा हुन्छ। त्यसलाई हामी ओभरिज भन्छौँ। जुन अन्डा महिनामा एउटा बन्नु पर्नेमा त्यो धेरै बन्यो भने यो पोलिस्टिक ओभरीयन्स भनिएको हो। पहिलाको तथ्यांक हेर्दा यो बच्चा पाउने उमेरका महिलामा देखिन्छ। विशेष गरी महिनावारी समयमा नहुने र कसैको सामान्य महिनावारी हुनेमा पनि हामीले अल्ट्रासाउन्ड गर्दा पनि २० प्रतिशतमा यो देखिन्छ। अहिलेको परिवेशमा नयाँ जीवनशैलीलाई हेर्दा खाना धेरै छ। व्यायामहरू थोरै छ। मोटोपनाले पनि विभिन्न रोग बढाएको छ। यो विशेष गरी २० वर्षदेखि हुने भनिन्छ। तर, यो १४ वर्षका किशोरीमा पनि हुन्छ।

दीर्घकालीन रूपमा यसले कस्तो असर गर्ने हो ?
जो महिलामा पोलिस्टिक ओभरीयन्स धेरै रहेको हुन्छ। एउटा मात्र अन्डा बन्ने ठाउँमा धेरै अन्डा बन्ने हुँदा हाम्रो शरीरमा यो स्टेचिङ भन्ने हर्मन धेरै बन्ने हुन्छ। त्यस्तो हुँदा ४० वर्ष कटेपछि अरू महिलाको तुलनामा उनीहरूमा पाठेघरको क्यान्सर धेरै देखिने हुन्छ। मोटोपना धेरै हुने, इन्सुलिनको मात्रा पनि बढ्ने हुनाले मुटुमा समस्या देखिने हुन्छ।

एस्ट्रोजन हर्मन किन बिग्रिने हुन्छ त ?
यसले हाम्रो इन्सुलिन भन्ने हर्मन बढाइदिन्छ। स्टेचिङ भन्ने हर्मन पनि बढाइदिन्छ। उमेर अनुसारको महिला समस्या लिएर आएका हुन्छन्। खासमा १५ देखि १६ वर्षका नानीहरू समयमा महिनावारी नहुने समस्या लिएर आउँछन्। महिनावारी भएको बेला पनि राम्रोसँग नहुने समस्या लिएर आउँछन्। दाह्री र जुँगा धेरै आउने समस्या पनि हुन्छ। हर्मनको गडबडीका कारणले प्रेसर, सुगर, मुटुको रोग पनि हुन्छ।

यो समस्या हुँदा कस्ता कस्ता लक्षणहरू देखा पर्दछन् त ?
पोलिस्टिक ओभरीयन्स भनेको तीन ओटा आधार हुन्छन्। एउटा कोही महिलामा महिनावारी समयमा भएन भने यो हो कि भनेर बुझ्नु पर्ने हुन्छ। कसैलाई बच्चा चाहेको छ। तर, बच्चा भएको छैन भने पनि यो हो कि भन्ने बुझ्नु पर्दछ। आफ्नो उमेर र लक्षणका आधारमा जाँच गरेर समस्याको पहिचान हुन्छ।

यस्तो समस्या लिएर अस्पताल गएपछि उपचार कसरी हुन्छ ?
उपचार भनेको उसलाई यो पोलिस्टिक ओभरीयन्सले के समस्या भएको छ त्यसको हामीले उपचार गर्छौ। यसको कारणले नै महिलामा महिनावारी एकदमै बिग्रिएको छ, समयमा छैन। दुईदेखि ६ महिनाको अन्तरालमा महिनावारी भएको छ भने हामीले समयमा महिनावारी हुने औषधि दिन्छौँ। खानपानमा ध्यान दिने आफ्नो तौललाई सही राख्ने , दारी रौँहरू आएको छ भने त्यसको उपचार समयमा गर्नुपर्छ।

यो समस्या नआओस् भनेर पहिला नै के के कुरामा ध्यान दिन सकिन्छ ?
सुरुदेखि नै हाम्रो खानपानलाई ध्यान दिने गर्नुपर्छ। तौललाई मिलाउने गर्यो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ।

सबै कुरालाई ध्यानमा राख्दा पनि पहिलाको अवस्थामा पुग्न सकेन भने के गर्ने ?
यो जीवनशैलीमा सुधार खानपानमा ध्यान दिने भनेको एउटा उपचार पद्धति मात्र हो। कतिलाई सामान्य छ भने यति गर्दा पनि निको हुन्छ। तर, यति गर्दा पनि निको नभए अन्य औषधि पनि चलाउँछौँ। त्यतिले पनि भएन भने अप्रेसन गर्नुपर्छ। अवस्था हेरेर मात्र थप उपचारको प्रक्रिया अगाडि बढाउन सकिन्छ।

तपाईंकोमा कस्तो कस्तो समस्या लिएर कुन स्टेजमा महिला आउनु भएको छ ?
धेरै महिनावारीको गडबडी भएको समस्या लिएर आउनु हुन्छ। कतिपय कपाल पलायो भनेर पनि आउनु हुन्छ। इन्फटिलिटीको समस्या पनि धेरै देखिएको छ।

समस्या आउनै नदिन के गर्न सकिन्छ जस्तो लाग्छ ?
मोटोपना र खानपानले धेरै समस्या ल्याएको छ। पहिला महिलाहरू धेरै काम गर्ने गर्दथे। तर, अहिले महिला धेरै पसिना बगाउने खालका काम गर्दैनन्। एक ठाउँमा बस्ने र मोबाइल फोन मात्र चलाउने हुँदा पनि धेरै रोगहरू देखिएका छन्। त्यसैले हामीले खानपान र जीवनशैलीलाई परिवर्तन गर्दा पोलिस्टिक ओभरीयन्स मात्र नभई अरू लामो समयसम्म हुने समस्यालाई पनि रोक्न सक्छौँ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०