नारी तिमी कमजोर छैनौँ | Khabarhub Khabarhub

ब्लग

नारी तिमी कमजोर छैनौँ



नारी यो धर्तीको अमूल्य उपहार हो । जसले धेरै परिचय बनाउन सक्छे । छोरीबाट सुरु हुन्छ उसको परिचय । सधैँ अरुकै निम्ति जीवन समर्पित गरेकी हुन्छे, एउटी नारीले ।

माइतीको इज्जत, छोरी मान्छे धेरै सहनशील हुनु पर्छ । मन बाँध्न सक्नु पर्छ । साँच्चै हामी छोरी मान्छेको मुखमा त ताल्चा नै लगाउन खोजिएको छ, क्यारे । नत्र त छोराहरूले बोल्ने हरेक शब्द छोरी मान्छेले बोले भने पचाउन सक्दैन नि ।

हातमा समाजका नीति नियम र जन्जिरको हतकडी बाँधिएको छ । यो समाज पुरुष बिनाको महिलाको अस्तित्व कल्पनासम्म पनि गर्न चाहदैनन् । यै समाजलाई थाहा छ, नारी जाती जति बलियो अरु कोही छैन् ।

जन्म घर छोडेर अन्जान घरमा सहजै घुलमिल हुन सक्ने, जन्मदिने बाबुआमालाई सहजै छोडेर कर्म दिने बाबुआमालाई नै संसार ठान्ने केबल नारी मात्रै हुन । ती नै पुरुषले यो काम गर्न सक्दैनन् । आफ्नो जन्मघरको थर परित्याग गर्न सक्ने नारी, छोरीको परिचयबाट बुहारी, भाउजू अनि आमा हुँदै परिवर्तित हुन्छे एउटी नारी ।

आफ्नो सन्तानको लागि आकाश र घर्ती एक गर्छे नारी । अनि म कसरी मानु कि नारी कमजोर छ । श्रीमती मरेको १३ दिन पुग्ने बित्तिकै छोराको लागि अर्को केटी खोज्न थाल्छ यो मेरो समाजले । तर त्यै छोरो मरे बिधुवा बस्नु पर्छ नारी भन्छ यै समाजले ।

समाज के नारी साँच्चै कमजोर हो त ? मेरो समाजले नारीलाई कमजोर मानेको छ तर यै समाजलाई थाहा छ, नारी कमजोर छैनौँ
नारी धेरै सहनशील तर पर्यो भने काली र दुर्गाको रुप लिन्छन् नारी । नारी आमा हो, एउटी आमा कहिल्यै पनि कमजोर हुन सक्दिनँ । नारी, तिमी कमजोर त पटक्कै छैनो, बस तिम्रो अघि लम्पसार परेका यै समाजका नीति नियमका किल्लाहरू तिम्रा पाइलाहरू बाँधिदिएका छन् ।

तिमीलाई कठै भनेर बिचराको पात्र बनाएका छन् । तर पनि के तिमी कमजोर छौं त ? पक्कै पनि नारी तिमी कमजोर छैनौं । एकपटक समाजको जन्जिर तोडे त हेर तिमी को हौं र ? के गर्न सक्छौँ भन्ने कुरा तिमी आफैले थाहा पाउने छौं । नारी तिमी कमजोर छैनौँ ।

घर सुन्दर बनाउने नारी हुन् । कुनै घरमा नारी छैनन् भने त्यो घर मसानघाट जस्तो लाग्छ । परिवार सुखी र सन्तति असल बनाउन नारीकै महत्वपूर्ण भूमिका रहन्छ । सन्तानलाई कस्तो बनाउने त्यो नारीकै हातमा हुन्छ ।

सुन्दर सपना बोकेर भोक तिर्खा नभनेर, आफू भोकै बसेर सन्तान र परिवारको पेट भर्ने नारी कसरी कमजोर ? परिवारको इज्जतको लागि कहिले दाइजो तराजुमा जोखिन्छिन् ।

कहिले मट्टीतेलमा दन्किन्छिन् त कहिले घरको दलीनमा झुण्डिन्छिन् । अनि उनै नारी कसरी कमजोर ? घर र माइती दुवै परिवारको बीचमा एउटा मजबुत पुल बनेर बलियो सम्बन्ध बनाउँछिन् तीनै नारी कसरी कमजोर ?

आफ्नो घर परिवार, समाज र देश नै सुन्दर र सफल बनाउने सपना बोक्छिन् नारी । तर उनी कसरी कमजोर ? आमा बनेर सन्तानलाई अथाह माया गर्छिन् । श्रीमती बनेर असल साथी, सुख, दुःखको साथी मायालु जीवनसंगिनी बनेर पतिको सेवा गर्छिन् । उनै पतिका लागि व्रत बस्छिन् ।

उनैको हर सुखको लागी आफ्नो खुसी आफैभित्र मारेर श्रीमानको खुसीको लागि दिनरात लागि पर्छिन् भने तीनै नारी कसरी कमजोर ? बुहारी बनेर लोग्नेका बाआमालाई आफ्ना कर्मदाता ठानेर सेवा गर्ने यिनै नारी हुन् । सहनशीलतालाई आफ्नो गहना ठान्ने र हरेक आपतविपत परे पनि संघर्ष गरेर जीवन चलाउन सक्ने नारी कसरी कमजोर ?

नारी हुन् ममता, दया र करुणा, सहिष्णुताकी घर नारीलाई हेला गर्‍यौँ भने शान्ति कहाँ हुन्छ र साँच्चै संसार जित्ने हो भने छोरीलाई पठाइदेऊ बुबाआमा उनको हात समातिदेऊ प्रेमले सम्मान खोज्ने भए, नारी कमजोर छैनौ, कमजोर बनाइएको मात्रै हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : ०७ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले