तालीका कारण मूलधारमा तेस्रो लिङ्गी | Khabarhub Khabarhub

तालीका कारण मूलधारमा तेस्रो लिङ्गी


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

‘ट्रान्सजेन्डर’ अभियन्ताको बारेमा बनेको बलिउडको चलचित्रमा मुख्य भूमिका ट्रान्सजेन्डर बाहेककी नायिका पूर्व मिस युनिभर्स सुस्मिता सेनलाई दिइएको छ। धेरै तेस्रो लिङ्गीले आफूले महत्त्वपूर्ण भूमिका पाउने आशा गरेर पर्खिरहेको समयमा फिल्म निर्माताबाट यो जवाफ आएको हो। यसका लागि अडिसनसमेत भइसकेको थियो।

नाभ्या सिंह नेतृत्वदायी भूमिकामा रहेकी महिलाको सबै भन्दा मिल्ने साथीको रूपमा चयनमा परेकी पहिलो व्यक्ति हुन्। कुनै अप्ठेरोको महसुस नगरीकनै उनले आफूलाई दिइएको डाइलग बोलेकी थिइन्। डाइलग डेलिभरीकै आधारमा उनलाई चयन गरिएको हो। उनी हेर्दै कामुक पनि देखिने गरेकी छिन्। यी सबै विशेषताका साथ डाइलग पनि राम्रोसँग बोल्ने भएका कारण उनलाई पहिलो दाबेदार मानिएको हो।

अडिसन सकिएपछि उनलाई कास्टिङ निर्देशकले सोधेका थिए। ‘तिमी को हौं ?महिला या पुरुष ?’ यो प्रश्नसँगै नाभ्याको मुटुमा चोट पुगेका थियो। ‘मलाई त मेरो मुटु नै खसेर पैतालामा पुगेको महसुस भएको थियो’, नाभ्याले भनिन, ‘यसमा के प्रतिक्रिया दिने भन्ने मैले सोच्न नै सकिन। म राम्रो कलाकार बन्ने चाहनासहित बलिउडमा आएकी थिएँ। तर, मेरा लागि यो सहज भएन।’

१८ वर्षको उमेरमा नाभ्या बिहारको एउटा सामान्य गाउँबाट मुम्बई पुगेकी हुन्। फिल्मी हबको रूपमा संसारमा नै परिचित सहरमा उनी तेस्रो लिङ्गी महिलाको रूपमा नै रहेर आफ्नो पहिचान खोजिरहेकी थिइन्।

त्यसपछि उनले एलजीबीटीसँग मिलेर नै नृत्य तथा मोडलिङ सिकेकी थिइन्। केही भारतको चलचित्रमा प्रवेश पाइसकेका एकदमै परिचित नाम बनेका थिए। विज्ञापनमा पनि तेस्रो लिङ्गीको उपस्थिति देखिन थालेको थियो। उनी भने सङ्घर्ष गरिरहेकै थिइन्। त्यसो त उनी मात्र होइन भारतमा धेरै जना तेस्रो लिङ्गी कलाकार सही भूमिका पाउनका लागि सङ्घर्ष गरिरहेका छन्।
‘तेस्रो लिङ्गीका लागि काम गर्नु बलिउडमा एकदमै कठिन कार्य हो’, उनले भनिन्, ‘हामीले अडिसन त दिन्छौ। तर, अवसर कमै पाउने गरेका छन्।’

ग्राजिया म्यागेजिनका लागि उनले केही मोडलिङ गरेकी छिन्। उनको क्याटवाकको केही दृश्य त्यहाँ समावेश गरिएका छन्। भारतमा तेस्रो लिङ्गीका लागि भएको सबैभन्दा ठूला कन्टेस्टमा सफलता पाउँदै उनी ‘मिस ट्रान्स क्विन इन्डिया’ को फाइनलमा प्रवेश गरेकी हुन्।

मुम्बई प्रवेश गरेको सात वर्षपछि नाभ्याले एक जासुसी नाट्य शृङ्खला ‘सावधान इन्डिया’का लागि तेस्रो लिङ्गी महिलाको भूमिकामा अवसर पाएकी थिइन्। त्यसपछि नै उनको इस्टाग्राममा फलोअर एक लाख नाघेका थिए। पहिलो भाग प्रसारण भएपछि उनका अभिभावकले उनलाई फोन गरेका थिए। बिहार छाडेपछि उनका अभिभावकले उनको बारे चासो लिएको त्यो नै पहिलो पटक थियो।

यसपछि तेस्रो लिङ्गीका बारे सबै कुरा बुझेको बताउँदै बाबु आमाले गल्ती महसुस गरेका थिए। उनीहरूले विगतको व्यवहारमा पछुताउँदै जे भए पनि नाभ्या आफ्नो सन्तान भएको बताएका थिए।

सन् २०२२ को सुरुवातमा तेस्रो लिङ्गीको कथामा आधारित सिरियल आउने हल्लाले मुम्बईका तेस्रो लिङ्गी कलाकार दङ्ग परेका थिए। सन् २०१४ मा एड्सबाट मरेकी यौनकर्मी महिलाको छोरीलाई स्वीकार गरेका तेस्रो लिङ्गी गौरी सावन्तको जीवनमा आधारित तालीको निर्माणको समाचार सन् २०२२ मा बाहिर आएको हो। सावन्तले अदालतबाट मुद्दा जित्दै तेस्रो लिङ्गीले बच्चालाई स्वीकार गर्न पाउने अधिकार सुनिश्चित गरेका थिए।

‘सुरुमा तेस्रो लिङ्गीको मुख्य भूमिका रहने गरी ताली आउने भएपछि हामी एकदमै उत्साहित भएका थियौं। त्यो हाम्रो समुदायको सबैभन्दा ठूलो जित थियो। यो हामीले राम्रोसँग बुझेको भूमिका थियो। हाम्रो समुदायमा पनि कोही त छ नि भन्ने भावना जगाउन यो आवश्यक थियो, उनले भनिन्।

अक्टोबरमा महिनामा गौरी सावन्तको भूमिकामा सुस्मिता सेनको भूमिका रहने समाचार प्रकाशमा आएको थियो। ‘तेस्रो लिङ्गीको भूमिका अन्य कसैलाई दिइएकोमा म अत्यन्त दुखी भएँ’, उनले भनिन्, ‘म मात्र होइन अन्य धेरै जना थिए।’

धेरै व्यक्तिले सामाजिक सञ्जालमा यसको विरोध गरेका थिए। धेरैका ट्विट यस्तै विषयमा केन्द्रित हुने गरेका थिए। तेस्रो लिङ्गी कलाकार कल्की सुब्रमन्यमको विचारमा उनीहरूको जीवनमा धेरै विविधता हुन्छ। अन्य व्यक्तिको भन्दा धेरै फरक पाटा हुन्छन्। यसलाई राम्रोसँग बुझेको र मनन गरेका कलाकार नै उपयुक्त हुने धारणा छ।

‘हामीले निर्वाह गर्ने भूमिका विषयगत हुन्छ। यौन कर्मी, पर्दा पछाडिका धेरै जनाले विवाहका लागि दिने दबाब र ठूलो स्वर हाम्रा विशेषता हुन्’, उनले भने।

भारतको नाम चलेको तेस्रो लिङ्गी कलाकार अञ्जली अमिर पनि हुन्। उनले समीक्षकले राम्रो ठहर गरेको तलेगु चलचित्र पेरान्बुमा अभिनय गरेकी थिइन्। स्टार कलाकार मोहमतीसँग प्रेम गर्ने उनको प्रयासलाई त्यस चलचित्रमा देखाइएको छ। भारतीय सिने उद्योगमा चलचित्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अञ्जली पहिलो तेस्रो लिङ्गी कलाकार हुन्।

समीक्षकले एलजीबीटीको केन्द्रमा रहेको त्यस चलचित्रको खुलेर नै प्रशंसा गरेका थिए। अञ्जलीले मुख्य पुरुष र उनका तीन बच्चालाई ‘आइसोलेटेड’ जीवनबाट बचाएका थिए। अञ्जली अमिरले भने गौरी सावन्तको भूमिकामा सुस्मिता सेनको छनोटलाई समर्थन गरेकी छिन्।

उनले सुस्मिता सेन जत्तिको उचाइ भएको व्यक्तिले भूमिका निर्वाह गर्नु भनेको तेस्रो लिङ्गीका धेरै राम्रो र खुसीको समाचार हो। उनको विचारमा यसै कारण यो मूलधारमा प्रवेश पाउँछ। त्यसपछि नै तेस्रो लिङ्गी पनि यसै समाजको पात्र भएको कुरा समाजका अन्य व्यक्तिले स्वीकार गर्ने वातावरण तयार हुने उनले बताइन्। उनले धेरै साउथ इन्डियन फिल्ममा पनि गैर तेस्रो लिङ्गी कलाकारको भूमिका स्वीकार्य हुने बताउँछिन्।

हालसम्मको प्रचलन हेर्दा प्राय फिल्मी कथाले तेस्रो लिङ्गीलाई यौनकर्मी तथा यौन पीडितको रूपमा प्रस्तुत गरेको छ। यो भन्दा फरक पहिचानको लडाइँमा सुस्मिता सेनको भूमिका र गौरी सावन्तको जीवनमा आधारित मुभिलाई उनी आफ्नो समुदाय प्रति नै गर्वको विषय भएको बताउँछिन्।

नाभ्याको अनुभव भने फरक छ। सुरुवातमा उनलाई सामान्य भूमिकाका लागि बोलाइएको थियो। केही दिन सेटमा कुरे पनि आवश्यक नभएको बताउँदै घर जानका लागि भनियो। यसले उनलाई झनै निराश बनाएको थियो।

‘यो बलिउडको नियमित नै झैँ भएको छ। हाम्रो समयको कुनै महत्त्व नै दिइँदैन। मानौँ पर्दा पछाडि उभिएर समर्थन गर्ने मात्र हाम्रो काम हो’, नाभ्याले भनिन्। नाभ्या घर भाडा तिर्नकै लागि नाइट क्लबमा नाच्ने गर्छिन्। फिल्म र मोडलिङका लागि त उनी नियमित अडिसन दिने गर्थिन्। जटिल र बलियो भूमिकाको खोजीमा उनी धरै भतारिइसकेकी छिन्।

भारतीय फिल्म उद्योगमा तेस्रो लिङ्गीले त्यो अवसर पाउने सम्भावना अत्यन्त कम भएको उनलाई थाहा छ। तालीको निर्माण र गौरी सावन्तको भूमिकामा चर्चा चलेसँगै अन्य धेरै तेस्रो लिङ्गीले झैँ त्यस भूमिकाका लागि आशा गरेकी थिइन्। तर, उनी पनि गौरी सावन्तलाई स्वीकार्नु र ताली मूलधारमा प्रवेश गर्नुले तेस्रो लिङ्गीको पनि मूलधारमा बलियो उपस्थिति भएको स्वीकार गर्छिन्। स्रोत : बीबीसी

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : २४ बजे

एन्फा महिला लिग : बागमती क्लब एपिएफसँग ७–० ले पराजित

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !

बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष

सहकारी डुबाएर फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

काठमाडौं- सहकारी डुबेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर