लिभरपुल समूह उपविजेता | Khabarhub Khabarhub

लिभरपुल समूह उपविजेता


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साविक उपविजेता लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए उपविजेता बन्दै शीर्ष १६ मा स्थान बनाएको छ।

मंगलबार राति नापोलीलाई २-० ले पराजित गर्दै लिभरपुल प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो। पराजित नापोली शीर्षस्थानमा रह्यो।

राति नै भएको खेलमा आयाक्सले रेन्जर्सलाई ३-१ ले पराजित गर्यो। यस खेलसँगै समूह ए बाट समान अंक भएपनि नापोली ६ खेलबाट १५ अंक सहित शीर्षस्थानमा रह्यो। समान अंकको लिभरपुल दोस्रो स्थानमा रह्यो। ६ अंक जोडेको आयाक्स र विना अंकको रेन्जर्स समूह चरणबाट माथि बढ्न सकेनन्।

समूह चरणको अन्तिम खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। सलाहले ८५ औं मिनेटमा अग्रता दिलाएका थिए। नुनेजले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ३२ बजे

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज

एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ)

काठमाडौं–  नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः