च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाको सान्त्वना जित « Khabarhub

च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाको सान्त्वना जित


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समूह चरणबाट बाहिरिसकेको बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह सी को अन्तिम खेलमा भिक्टोरियालाई ४-२ अन्तरले पराजित गरेको छ।

भ्रमणमा रहेको टोली बार्सिलोनाले अन्तिम खेलमा सान्त्वना जितसहित च्याम्पियन्स लिगको सिजन टुंगाएको हो। बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे। यस्तै, मार्कोस एलोन्सो र पाब्लो टोरेले एक एक गोल गरे।

भिक्टोरियाको लागि टोमसले दुई गोल गरे। मंगलबार राति नै भएको समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २–० अन्तरले पराजित गर्‍यो। समूह सी मा बायर्न अपराजित रहँदा ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रह्यो। पराजित इन्टर समान खेलबाट १० अंक सहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो।

यस समूहबाट ७ अंक जोडेका बार्सिलोना र बिना अंकको भिक्टोरिया पुछारमा रहँदै समूह चरणबाट माथि बढ्न सकेनन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ३८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ