नरहरीको क्षेत्रमा ईश्वरको रजगज | Khabarhub Khabarhub

डेटलाइन काठमाडौं-५

नरहरीको क्षेत्रमा ईश्वरको रजगज

युवा अनुहार प्रदीपसँग ‘टेस्टेड’ अनुहार फितलो



काठमाडौं – नेपाली कांग्रेसका विचारवान नेता नरहरी आचार्य अस्वस्थ नभएको भए काठमाडौं क्षेत्र नम्बर-५ मा एमाले नेता ईश्वर पोखरेलले यतिबेला उम्मेदवार बन्नेसमेत हैसियत राख्दैनथे।

राजा ज्ञानेन्द्रको शाही सरकारमा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सहभागी भएका पोखरेललाई गणतन्त्रको नव चेतना जागृत भएको युगमा गणतन्त्रकै कट्टर पक्षपाती आचार्यले २०६४ र २०७० सालमा सहजै हराइदिएका थिए।

पोखरेले खाँडो त्यतिबेला जाग्यो, जब २०७४ को आम निर्वाचनमा नरहरी आचार्य अस्वस्थताका कारण चुनावी मैदानमा खडा भएनन्। आचार्य नउठनुको फाइदा पोखरेलले उठाए।

पोखरेले पछिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महतलाई करीब १० हजार मतान्तरले हराए। सो निर्वाचनमा पोखरेलले २३ हजार २९ मत पाएका थिए भने डा. महतले १३ हजार १ सय ६९ मत पाएका थिए।

२०७९ सम्म आइपुग्दा पनि काठमाडौं-५ को चुनावी अंक गणितमा एमाले नै अग्रपंक्तिमा देखिन्छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं-५ मा एमालेका वडा अध्यक्षले कुल १९ हजार ७३ मत पाएका छन् भने कांग्रेस वडा अध्यक्षले १४ हजार ८ सय ५३ मत पाएका छन्।

पोखरेले पछिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महतलाई करीब १० हजार मतान्तरले हराए। सो निर्वाचनमा पोखरेलले २३ हजार २९ मत पाएका थिए भने डा. महतले १३ हजार १ सय ६९ मत पाएका थिए।

माओवादी केन्द्रको पोल्टामा १ हजार १ सय ६८, एकीकृत समाजवादीको १ हजार ८ सय २७ र राप्रपाको २ हजार ६ सय २२ मत भएकाले सत्ता गठबन्धनको कुल मत जोड्दा पनि एमाले-राप्रपा गठबन्धन नै यहाँ अगाडि देखिन्छ।तर, स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा अन्तर के हो भने जनताले संसदमा पठाउने व्यक्तिको छवीको पनि मूल्यांकन गर्छन्।

हालसम्म पटक-पटक सांसद भइसकेका र मन्त्रीसमेत भइसकेका पोखरेल मतदाताका दृष्टिमा ‘टेस्टेड’ तर असफल अनुहार हुन्। अनेकौं विवादमा फसीसकेका पोखरेलको निजी छवी खासै स्वच्छ मानिदैन।

उता, सत्ता गठबन्धनबाट भने नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल ‘फ्रेस फेस’का रुपमा पोखरेलसँग भिड्दैछन्। कांग्रेस काठमाडौं-५ की सचिव रजनी थापाका शब्दमा युवा नेता पौडेल अहिलेसम्म सत्ता संचालनको भूमिकामा पुगेका छैनन् र उनको कार्य क्षमताको परीक्षण हुन बाँकी छ।

अर्कोतिर पोखरेल चाहिँ परीक्षण भइसकेको र विवादमा आएको पात्र मात्र होइनन्, ओम्नीदेखि गोकर्ण फरेस्ट लिजसम्मका कान्डमा मुछिएका पात्र भएकाले मतदाताले यसपटक नयाँ अनुहारलाई साथ दिने सम्भावना प्रबल देखिन्छ।

हालसम्म पटक-पटक सांसद भइसकेका र मन्त्रीसमेत भइसकेका पोखरेल मतदाताका दृष्टिमा ‘टेस्टेड’ तर असफल अनुहार हुन्। अनेकौं विवादमा फसीसकेका पोखरेलको निजी छवी खासै स्वच्छ मानिदैन।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएका काठमाडौंबासीको रुझान अनि ‘नो नट अगेन’जस्ता अभियानको लोकप्रियताले पनि नयाँ पुस्ताका मतदाता पुराना अनुहारको साटो नयाँ युवा अनुहार चाहन्छन् भन्ने देखिन्छ।
मतदाताको सोचमा आएको यो परिवर्तनको सोझो लाभ युवा अनुहार पौडेललाई प्राप्त नहोला भन्न सकिन्न।

विवादको चाङमा उभिएका पोखरेल
एमालेमा ईश्वर पोखरेल यस्ता नेता हुन्, जो विवादै विवादको चाङमा उभिएका छन्। राजनीतिक, आर्थिक र चारित्रिक रुपमासमेत उनको छवीमा बर्गेल्ती दाग लागेका अनेकौं काण्ड छरपस्ट छन्।

२०५१ सालमा एमालेको नौ महिने शासनकालमा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार बने यता पोखरेलले सत्ता केन्द्रमा रजगज गर्दै आएका छन्।
२०६१ सालमा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बने। २०६९ मा उपप्रधानमन्त्रीसहित परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद मन्त्री बनेका पोखरेल २०७४ को निर्वाचन लगत्तै केपी ओली नेतृत्वका सरकारमा रक्षामन्त्री बने। पछिल्लो कार्यकालमा नेपाल ट्रष्ट ऐन संशोधनको विवादमा फसेका पोखरेलको गिरोहले यति समूहलाई काखी च्यापेकै हो।

परिवर्तनका एजेन्डा गणतन्त्र, धर्म निरपेक्षता र संघीयताप्रति पोखरेलमा निष्ठा देखिन्न। पोखरेल तिनै नेता हुन्, जो २०६१ सालमा आन्दोलन बीचमै छाडेर एमाले ‘प्रतिगमन आधा सच्चियो’ भन्दै राजाको मन्त्री भएका थिए। राजाकै छत्रछायामा शेरबहादुर देउवा नेतृत्वको सो सरकारमा पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भएका थिए।

पोखरेल जतिबेला आन्दोलनको मैदानमा थिए, त्यतिबेला उनी दरबार र सेनालाई सरकार मातहत ल्याउनेजस्ता चर्का भाषण गर्थे। जसै राजाको कृपाले मन्त्री बने, उनले ती सबै एजेन्डालाई ‘सत्ताको वाइन’सँगै घुटुक्क निलिदिए।

‘आधा सच्चिएको प्रतिगमन’कै बेला राजा चाहिँ ‘माघ १९’को व्यूह रचनामा लागे भने पोखरेलजस्ता नेता चाहिँ मन्त्री पदको रसपान गर्दै आफन्तलाई लाभका पदमा नियुक्त गर्दा विवादमा परे।

पोखरेलले आफ्ना साढुदाइ नाता पर्ने गोविन्द ‘कुसुम’लाई कलकत्ताका लागि महावाणिज्यदूत बनाएर पठाएका थिए। वनस्पति घ्यूदेखि चिनी काण्डसम्ममा फसेका पोखरेल २०६१ माघ १९ गते राजाको शाही कदमसँगै बर्खास्त भए।

२०६९ साल जेठ ५ गते पोखरेल उपप्रधानसहित परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद मन्त्री भए। २०६४ चैतमा भएको पहिलो संविधानसभामा पराजित पोखरेल संविधान जारी गर्ने अन्तिम घडीमा सरकारमा सहभागी भएका थिए।

भनिन्छ, पहिला संविधानसभालाई संविधान जारी नभई भंग गराउनुमा पोखरेलको पनि नकारात्मक भूमिका थियो। दलबीच सहमति भइसकेका कतिपय विषयमा भाँजो हाल्ने काम पोखरेलबाट भएको बताइन्छ।

२०७४ फागुन १४ गते ओली सरकारमा रक्षा मन्त्री बनेका पोखरेल आफ्ना अनेक भनाइ र गराइबाट विवादमा आइरहे। त्यसमध्ये सर्वाधिक विवादको विषय थियो, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तबारे उनको अभिव्यक्ति।

पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका पोखरेलले समन्वयकारी भूमिका खेल्नु र दलबीच सहमतिको वातावरण बनाउनुको साटो उल्टै सरकारमा रहेर अतिवादी हर्कत गरेको देखिन्छ।
पहिलो संविधानसभा विघटनको दोष माओवादीको थाप्लोमा हालेर आफू पानी बिनाको ओभानो बन्ने पोखरेलको चाल भने धेरै समय टिकेन। खासगरी पोखरेल र एमालेभित्रको ओली गुटकै अर्घेल्याइका कारण त्योबेला संविधानका अन्र्तवस्तुमा सहमति हुन नसकेको अहिले आएर उजागर भइसकेको छ।

२०७४ फागुन १४ गते ओली सरकारमा रक्षा मन्त्री बनेका पोखरेल आफ्ना अनेक भनाइ र गराइबाट विवादमा आइरहे। त्यसमध्ये सर्वाधिक विवादको विषय थियो, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तबारे उनको अभिव्यक्ति।

२०७५ साउनको घटना हो। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठिरहेको थियो। यस्तैमा ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा २०७५ मंसिर २२ गते मन्त्री पोखरेलले घोषणा गरिदिए, ‘त्यो अपराधि चाँडै सार्वजनिक हुन्छ। पत्ता लागिसकेको छ। सरकारको नियन्त्रणमा आइसकेको छ।’

बहालवाला मन्त्रीले यस्तो सफेद झूठ बोलेका थिए। काठमाडौं-५ का जनता प्रश्न गरिरहेका छन्, ‘पोखरेलज्यू, तपाईंले नियन्त्रणमा आइसकेको भनेको निर्मला पन्तको अपराधी खै ? सार्वजनिक गर्नुप¥यो।’

निर्मला पन्तको अपराधी सार्वजनिक नभएसम्म काठमाडौं-५ का जनताले पोखरेललाई किन मत दिने ? भन्ने प्रश्न अहिले टड्कारो बनेको छ।

यसैगरी पोखरेल उपप्रधान तथा रक्षामन्त्री रहँदा नै उनी अध्यक्ष रहेको नेपाल ट्रस्ट सञ्चालक समितिको सिफारिसमा सरकारले ‘नेपाल ट्रस्ट ऐन-२०६४’ मा संशोधन गरेको थियो। यो संशोधन खासमा गोकर्ण फरेस्ट रिसोर्टको पक्षमा थियो।

‘संशोधनमा जुनसुकै कुरा लेखिएको भएता पनि अवधि तोकेर लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानीसहित विद्यमान संरचना मर्मतसम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअगावै समेत आवश्यकताअनुसार ट्रस्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ’, भन्ने बुँदा राखेर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्टको पक्षपोषण गरेका थिए, जुन निकै विवादमा परेको थियो।

निर्मला पन्तको अपराधी सार्वजनिक नभएसम्म काठमाडौं-५ का जनताले पोखरेललाई किन मत दिने ? भन्ने प्रश्न अहिले टड्कारो बनेको छ।

पोखरेलले कानुनी तिकडम गरेर गोकर्ण फरेस्ट रिसोर्टको सम्झौता म्याद सकिनु ६ वर्षअघि नै २५ वर्षका लागि म्याद थपिदिए। गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र अति सस्तो दरमा फेरि यति होल्डिङ्स प्रालिलाई दिइएको थियो। यसरी पोखरेलले त्योबेला ‘यति समूह’लाई पोस्ने काम गरेका थिए, जसले ओली सरकारकै साख धरापमा पारिदियो।
हुन त शाही सरकारकै पालामा अख्तियारले घरमा छापा मार्न आउँदा पानी ट्यांकीमा नोटै नोटले भरिएको ब्रिफकेश लुकाएको आरोप पनि पोखरेलमाथि लाग्ने गरेको छ। उनलाई ‘ट्यांकी मन्त्री’को समेत संज्ञा दिइयो। तर, यो आरोपको भने उनले खण्डन गर्दै आएका छन्।
एकपटक पोखरेललाई दिल्लीमा ‘इन्टरपोल’ले पक्राउ गरी केही समय हिरासतमा राखेको खबर पनि आएको थियो।

काठमाडौं-५ मा एमाले उम्मेदवार पोखरेलका लागि स्वतन्त्र उम्मेदवार पनि चुनौतीका रुपमा खडा भएका छन्। यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरेर ३० जना खडा भएका छन्।

रक्षा मन्त्री हुँदा अनेक विवादास्पद भूमिका निर्वाह गरेपछि तात्कालीन प्रम ओलीले उनलाई रक्षा मन्त्रीबाट बर्खास्त गरी प्रधानमन्त्री कार्यालयमा झिकाएका थिए। नेकपा विभाजन मात्र होइन, एमाले विभाजनमा समेत ओलीको पक्षमा लागेर अतिवादी भूमिका निर्वाह गरेकाले यसपाली जसरी भए पनि पोखरेललाई हराउने कडा रणनीति सत्ता गठबन्धनले तयार गरेको छ। तनहुँका प्रदीप पौडेललाई काठमाडौं-५ मा सत्ता गठबन्धनले खडा गर्नुको उद्देश्य पनि पोखरेललाई धुलो चटाउनकै लागि हो भन्ने अनुमान गरिएको छ।

स्वतन्त्रले भोट काट्ने
काठमाडौं-५ मा एमाले उम्मेदवार पोखरेलका लागि स्वतन्त्र उम्मेदवार पनि चुनौतीका रुपमा खडा भएका छन्। यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरेर ३० जना खडा भएका छन्।
पोखरेललाई पहिला एमालेमै रहेका सुशान्त श्रेष्ठ टाउको दुःखाइको विषय बनिरहेका छन्, जसले पोखरेलविरुद्ध यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। सुशान्त श्रेष्ठ जर्मनीबाट पढेर फर्र्किएका आइटी विशेषज्ञ हुन् र यो क्षेत्रमा उनले एमालेको केही हजार भोट अवश्य काट्नेछन्।

यसैगरी स्वतन्त्र उम्मेदवारका रुपमा चर्चित पात्र रञ्जु दर्शनाले पनि ठूला दलका उम्मेदवारको मत सन्तुलन बिगार्ने क्षमता राख्छिन्। संसदका हकमा रन्जु पनि नयाँ अनुहार हुन्।

२०७४ मा रन्जुले काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेर २३ हजार ४ सय ३९ मत मत प्राप्त गरेकी थिइन। रन्जुको उपस्थिति पनि पोखरेलका लागि ‘माइनस प्वाइन्ट’ हो।
काठमाडौं-५ बाटै खडा भएका नयाँ अनुहार हुन्, पत्रकार शैलेन्द्र बस्नेत। नयाँ अनुहार खोजीरहेका काठमाडौंबासीमाझ बस्नेतले पनि आफ्नो प्रभाव देखाइरहेका छन्।

स्वतन्त्र उम्मेदवारका रुपमा कैंची चुनाव चिह्नका साथ मैदानमा उत्रिएका बस्नेत पनि अब ईश्वर पोखरेलजस्ता पुराना नेताको युग समाप्त भएको बताउँछन्।

‘हामी आफैंले मत दिएर संसदमा पठाएका नेताहरूले देश र जनताको हितमा काम गरेनन् भनेर हामीले तिनको बहुत आलोचना गर्यौं। हरेक चिया पसलमा हामीले तिनको कुरा काटेर बस्यौं। र, यो क्रम वर्षौंदेखि चलिरहेकै छ’, बस्नेत भन्छन्, ‘हामी मनको कुन्ठा, आवेग र आक्रोश त मजाले ओकल्छौं, तर त्यसलाई सार्थक दिशा दिने मौकामा भने फेरि पनि तिनै पुराना अनुहारको भुलभुलैयामा पर्छौं। अब त्यस्तो गल्ती नहोस्।’

प्रदीपको एजेन्डा ‘बिसिडी’
काठमाडौंका मतदाता नयाँ र युवा जुझारु अनुहार खोजीरहेको बेला सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले युवाकै मन जित्ने खालका नारा लिएर मैदानमा उत्रिएका छन्।
प्रदीप यतिबेला बौद्धिक पलायन र भ्रष्टाचार रोक्ने एजेन्डाका साथ मतदाताको घरघर गइरहेका छन्। नेपाली युवा रोजगारी नपाएर विदेशीन बाध्य भइरहेकाले शिक्षित बेरोजगारको समस्या समाधान गर्नु नै आफ्नो उद्देश्य रहेको उनले बताउँदै आएका छन्।

ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट पौडेलले यसमै आफूलाई फोकस गरिरहेका छन्। यी तीन समस्यालाई पौडेले ‘बिसिडी प्रोब्लम’को संज्ञा दिएका छन्।

शिक्षित बेरोजगारले स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुन बाध्य हुनु, देशमा भ्रष्टाचार बढनु र विकासको सपना पुरा नहुनु नै मुख्य समस्या भएकाले आफूले चुनाव जितेमा यही समस्या समाधानमा लागिपर्ने पौडेलको सोच छ।

ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट पौडेलले यसमै आफूलाई फोकस गरिरहेका छन्। यी तीन समस्यालाई पौडेले ‘बिसिडी प्रोब्लम’को संज्ञा दिएका छन्।

अब हेर्नु छ, ‘बिसिडी’ नाराका साथ मैदानमा उत्रिएका युवा र फ्रेस अनुहार प्रदीप पौडेल, बारम्बार परीक्षणपछि असफल र विवादास्पद पात्र एमालेका ईश्वर पोखरेल, काठमाडौंबासीमाझ लोकप्रिय स्वतन्त्र उम्मेदवार रन्जु दर्शना, एमालेकै बागी स्वतन्त्र उम्मेदवार शुसान्त श्रेष्ठ र नयाँ जोश र आशाका साथ खडा भएका अर्का स्वतन्त्र उम्मेदवार शैलेन्द्र बस्नेतसहित ३० उम्मेदवारको महाभिडन्तको उहापोहमा कसले बाजी मार्नेछ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ३७ बजे

गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की– गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा,

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी

जूनको उज्यालोमा मकै सुकाउने पर्व

गोरखा– गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ ।