अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन हुँदै « Khabarhub

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन हुँदै


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको आसाम प्रान्तको लखिमपुर शहरमा नोभेम्बर ४, ५ र ६ मा आयोजना हुने ‘भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन हुने भएको छ। तीन दिवसीय उक्त महोत्सवमा भारत, नेपाल र बङ्गलादेशका गरी १० वटा नाटक मञ्चन हुने जनाइएको छ ।

भारतीय नाट्य कलाका पिता मानिने ‘भरतमूनि’को नाममा समर्पित उक्त नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो। शिल्पी थिएटरका सञ्चालक एवं रंगकर्मी घिमिरे युवराजले महोत्सवमा भाग लिने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनका अनुसार ‘हिउँको पृथ्वी यात्रा’ नेपालमा ६० पटक मञ्चन भइसेकेको छ।

‘हिउँको पृथ्वी यात्रा’ नाटकले जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई सरल कथामार्फत गम्भीर रूपमा ध्यानाकर्षण गराएको छ । तराईरमधेशको एउटा राष्ट्रिय निकुञ्जनजिक बसोबास गर्ने आदिवासी थारू समुदायका पात्रका माध्यमबाट कथा वाचन गरिएको छ। नाटकमा केही समयदेखि पानी नपरेर माछा मारी जीविका चलाउने आदिवासी थारू परिवारको जीवनयापनमा आएको उतारचढाव पर्यावरणीय परिवर्तनसँग सम्बन्धित रहेको देखाइएको छ। 

इजिप्टको शार्म-इल-शेख शहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन भइरहेको बेला नेपालबाट जलवायु परिवर्तनलाई विषयवस्तु बनाएको यो नाटक अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन हुन लागेको हो।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : २७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको