चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको तथा महाधिवेशनले सी जिन्पिङलाई पार्टीको महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उक्त पदमा सीको पुनःनिर्वाचिन चिनियाँ जनताको साझा आकाङ्क्षा भएको बताउँदै सी नेतृत्वको महाधिवेशनले चीनको भविष्य र विकासको खाका तयार पारेको विदेशमन्त्री वाङले जानकारी दिए । साथै उनले विश्वशान्तिका निम्ति चीनले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा साझा विकास प्रवद्र्धनप्रतिको प्रतिबद्धता दोहोर्‍याएको पनि सिन्ह्वाले जनाएको छ ।

चीनले फ्रान्स र युरोपप्रतिको आफ्नो नीतिलाई निरन्तर र स्थीर राखेको, चीन–युरोपेली सङ्घको व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा दुई देशबीच रणनीतिक समन्वय एवम् सहयोगलाई अझ प्रगाढ बनाउन चीन तयार रहेको विदेशमन्त्री वाङले बताए ।

जवाफमा फ्रान्सेली विदेशमन्त्रीले साझा हितका विषय प्रवद्र्धन गर्न तथा साझा चुनौती सामना गर्न चीनसँग निकट सम्पर्क र समन्वयमा काम गर्न आफू इच्छुक रहेको बताइन् । उनीहरूले युक्रेन तथा कोरियाली प्रायःद्वीपको अवस्थाका साथै साझा सरोकारका अन्य विषयमा पनि विचार आदानप्रदान गरेको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज