जर्मनी कतार विश्वकपको समूह चरणबाटै बाहिरियो « Khabarhub

जर्मनी कतार विश्वकपको समूह चरणबाटै बाहिरियो


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै जर्मनी कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ।

बिहीबार रातिको खेल जिते पनि जर्मनी समूह ईको अंक तालिकामा तेस्रो स्थानमा भएकाले समूह चरणबाटै बाहिरिएको हो। जर्मनीले ३ खेलमा ४ अंक मात्र जोड्न सकेको हो।

गएराति भएको रोचक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिएका थिए। पहिलो हाफमा १ शून्यले अगाडि रहेको जर्मनीले थप तीन गोल दोस्रो हाफमा गरेको हो। खेलको ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ को बराबरीमा फर्काएका थिए।

७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाएका थिए। खेललको ७३ औं मिनेटमा काइ हार्भट्जले जर्मनीलाई २–२ को बराबरीमा फर्काए।

खेलको ८५ औं मिनेटमा हार्भट्जले दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए। खेल एक मिनेट बाँकी हुँदा जर्मनीका लागि निकलस फुल्करुगले थप एक गोल गरे।

यो समूहमा स्पेन ४ अंक जोडे पनि गोल अन्तरमा अघि रहदै उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ०८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का