स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा | Khabarhub Khabarhub

स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलियो टिम स्पेनलाई हराउँदै जापान कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । तीन खेल खेलेको जापानले ६ अंक जोडेको छ ।

बिहीबार राति कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले एक गोल फर्काएका थिए ।

सुरुवाती अग्रता लिएको स्पेनविरुद्ध जापानले खेल उल्टाएको हो। खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेको जापान दोस्रो हाफमा पुनरागमन गर्दै विजयी भएको हो ।

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा फर्काएका थिए ।
थप एक गोल खेलको ५१ औं मिनेटमा टानकाले गरेका थिए ।

जापानसँग पराजित भए पनि तीन खेलमा ४ अंक जोडेको स्पेन यो समूहको उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : १८ बजे

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने 

काठमाडौं– पश्चिम तराईका थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य

रविको हिरासत बास लम्बिएपछि छलफलमा रास्वपा नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही कात्तिक २३

यसरी छानिन्छन् संसारकै शक्तिशाली व्यक्ति

काठमाडौं- संसारकै शक्तिशाली व्यक्तिका लागि निर्वाचन हुन अब केही घण्टा

स्वास्थ्यमन्त्रीले गरे गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

राजविराज– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण