काठमाडौँको शैक्षिक गुणस्तर वृद्धि गर्न तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर « Khabarhub

काठमाडौँको शैक्षिक गुणस्तर वृद्धि गर्न तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न तीनवटा संस्थासँग सहकार्य सम्झौता गरेको छ।

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्राडा जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन रहेका छन्। उपमेयर डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताइन्।

कोसँग के का लागि सहकार्य ?
१. त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान
पूर्व प्राथमिक तहमा बालमनोविज्ञान अनुरुप दण्डरहित शिक्षण सहजीकरणका लागि केन्द्रीय विभागले सहजकर्ताहरु पठाउनेछ। विभागको स्नातकोत्तर तहमा बाल विकास र लैङ्गिक सामाजिकता विषयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्न सहजकर्ताका रुपमा पठाइनेछ। विभागले पठाउने ४० जना विद्यार्थी महानगरको शिक्षा विभागले खटाउने विदालयमा गएर बालमैत्री शिक्षण सिकाई, शैक्षिक सामग्री निर्माण, विद्यार्थीमैत्री पोशाक, अभिभावक शिक्षा, विषयगत दृष्टिकोण ९थिमेटीक अप्रोचका क्षेत्रमा सहजीकरण गर्नेछन्।

२. हरित विद्यालय निर्माणका लागि वन्यजन्तु संरक्षण संघसँगको सहकार्य
विद्यालयहरुलाई हरित विद्यालयका रुपमा रुपान्तरण गर्न तथा विद्यार्थीहरुमा वातावरणीय ज्ञान दिन विद्यालयहरुमा इको क्लव निर्माण तथा सञ्चालनमा संघले सहजीकरण गर्नेछ। हरित विद्यालयका लागि वातावरण शिक्षा, विपद जोखिम व्यवस्थापन, पानी व्यवस्थापन तथा सरसफाइ, जलवायु परिवर्तन न्यूनीकरण, दिगो विकास, पोषण तथा भू संरक्षणलगायत कार्यक्रम सञ्चालन हुनेछन्। यसका लागि आर्थिक तथा प्राविधिक स्रोत जुटाउन कार्ययोजना तयार पारिनेछ। यी क्षेत्रमा क्षमता विकास गर्न तालिम, कार्यशाला, गोष्ठीलगायत कार्यक्रम सञ्चालन हुनेछन्।

३. खेल्दै सिक्दै गर्ने शिक्षण विधिका लागि कारखानासँग सहकार्य 
शिक्षा विभागले उपलब्ध गराएका ५ वटा विद्यालयमध्ये एउटालाई हब विद्यालय मानेर इन्जिनियरिङ विधामा आधारित खेलमैत्री शिक्षण सिकाइ थालनी गरिनेछ। छनौटमा भएका विद्यालयहरुलाई रोवोटिक्स किट उपलब्ध गराइनेछ। शिक्षकहरुलाई रोवोटिक्सका विविध विषयमा जानकारी गराउन तथा ज्ञान आदान प्रदान गर्न डिजिटल प्लेटफर्म निर्माण गरिनेछ। यसमा गणित, इन्जिनियरिङ र टेक्नोलोजीका विषय अध्ययन हुनेछन्।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : २९ बजे

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद