तोलाको १ लाख नजिक पुग्यो सुनको मूल्य, चाँदीको कति? « Khabarhub

तोलाको १ लाख नजिक पुग्यो सुनको मूल्य, चाँदीको कति?


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।

मंगलबारयताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिंएको महासंघको तथ्यांकले देखाएको छ । मंसिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो भने सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महँगिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दै जाँदा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धिदरलाई घटाउने संकेत दिएपछि सुनको भाउ बढेको जनाएको छ ।

बिहेको सिजन भए पनि सरकारले सुन आयातमा भने कडाइ गरिरहेको छ । विगतमा बिहेको सिजनमा दैनिक २०-२५ किलो सम्मको आयात अनुमति दिने गरेको राष्ट्र बैंकले यसपाली १० किलोभन्दा बढी सुन आयात गर्न दिएको छैन । शोधनान्तर चाप बढ्दै गएपछि सरकारले सुन आयातमा कडाइ गर्दै आएको छ । बिहेको सिजनमा बजारमा दैनिक ५० किलोसम्म सुनको माग रहेको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १२ : ५२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस