जग्गा विवादका कारण धनुषामा एक जनाको हत्या « Khabarhub

जग्गा विवादका कारण धनुषामा एक जनाको हत्या


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जग्गाको विषयमा विवाद हुँदा धनुषामा एक जनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको हत्या भएको हो । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति खाना खाएर बसिरहेका बेला सुरज यादवको समूहले आएर प्रभु यादव र उनका परिवारमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेशकुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ ।

साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादवसमेत तीनजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरुबीच विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १ : ३६ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण