‘जिरो कोभिड’ नीतिविरुद्ध सडक प्रदर्शनमा चिनियाँ | Khabarhub Khabarhub

‘जिरो कोभिड’ नीतिविरुद्ध सडक प्रदर्शनमा चिनियाँ

प्रशासनको कडिकडाईले नागरिकको जीवनयापन अस्तव्यस्त, अर्थतन्त्र ध्वस्त !


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चीनमा कोभिड सम्बन्धी कडाइलाई ग्वान्झाउ र चंगडीगमा बढाइएको छ । त्यहाँको अवस्था पनि हरेक किसिमले खराब बन्दैछ । मंगलबार प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको समाचार बाहिर आएको छ । पछिल्लो समयसम्म पनि प्रहरीले धरपकड गरिरहेको छ । त्यहाँको उच्च सुरक्षा निकायले त्यस गतिविधिलाई शत्रुतापूर्णको संज्ञा दिएको छ ।

चीनमा प्रदर्शन बढी रहेको समयमा अन्तर्राष्ट्रिय समुदायले पनि त्यसमा एकबद्धता जनाएका छन् । अमेरिका र क्यानडाले कोभिड प्रोटोकलको विरुद्धमा भएको आन्दोलनमा बल प्रयोग गर्न नहुने बताएका छन् ।

बुधबार भने सरकार केही सवालमा लचिलो देखिएको थियो । धेरै स्थानमा लकडाउन खुला गरियो भने मास परीक्षण पनि कतिपय स्थानमा बन्द गरिएको छ । एक घरका बासिन्दाले बताए अनुसार एकै पटक सुरक्षाकर्मी त्यहाँबाट हटेको दृश्य उनीहरूले देखेका थिए ।

चोङकिङको दक्षिण पश्चिम क्षेत्रमा केही मापदण्ड पुरा गरे पछि एक आपसका नजिकबाट सम्पर्क गर्न सकिने छ । निश्चित समयमा घरमा क्वारेनटाइनमा बसे पछि मात्र एक आपसमा सम्पर्क गर्न सकिने त्यहाँको प्रावधान छ ।

सङ्क्रमणको मात्रा बढ्नुका बाबजुद खुला गरिएको यो प्रावधान सबै क्षेत्रमा भने लागु भएको छैन । मङ्गलवारको रात भने हिजाउमा प्रदर्शन भएको थियो । त्यस सहरमा मंगलबार ७ हजार जना सङ्क्रमित देखा परेका थिए । त्यस सहरमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भए पनि गत शुक्रबार देखि भने फरक दृश्य देखिएको हो ।

त्यसको तीन दिन अघि मंगलबारको दृश्य भने फरक र भयावह थियो । उनीहरू माथिको ज्यादती धेरैले क्यामरामा कैद गरेको जनाइएको छ । तथापि त्यहाँको कडा सुरक्षा कानुनका कारण यसलाई बाहिर ल्याउनु खासै हिम्मत गरिएको छैन ।

केही दृश्य भने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लिएका छन् । ती दृश्यहरूमा केही प्रदर्शनकारीलाई भुईँमा लछार पछार गरिएको छ । धेरै प्रदर्शनकारीले ढुङ्गा हानेको दृश्य पनि कैद गरिएको छ ।

ग्वान्झाउका स्थायी बासिन्दाका अनुसार एक सय जना प्रहरी गएर धरपकड गरेका थिए । यसरी धरपकड गरिएका स्थानबाट कम्तीमा तीन जनालाई गिरफ्तार गरिएको थियो । १८ लाख मानिसको बसोबास भएको हिजु ग्वान्झाउको कोभिड सङ्क्रमणको मुख्य केन्द्र नै मानिन्छ ।

चीनमा नागरिकहरू त्यत्तिकै विरुद्धमा उत्रेका होइनन् । कोभिड प्रोटोकलका कारण धेरैको जीवन नै समस्यामा पर्न थालेपछि नागरिकमा त्यसो किसिमको आक्रोश थपिएको हो ।

कोभिड प्रोटोकलमा गरिएको कडाइका कारण अन्य रोगको उपचार नपाइ मर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेको थियो । गत महिना झंगझाउमा एक बच्चाको तत्कालै उपचार हुन नसकेका कारण ज्यान गएको थियो । ती बच्चाको बाबु सञ्चारमाध्यममा नै प्रस्तुत हुँदै सरकारको विरुद्धमा अभिव्यक्ति दिएका थिए ।

सरकारले यसबारे छानबिन हुने जानकारी गराउँदै स्थितिलाई सामान्य बनाए पनि त्यसपछि लामो समय बित्दा पनि छानबिन हनु सकेको छैन । त्यो घटनाको सामाजिक सञ्जाल वेइवोमा व्यापक आलोचना भएको थियो ।

चीनको यो घटनाको बारे अन्तर्राष्ट्रिय क्षेत्रमा चासो बढ्न थालेको छ । ह्वाइट हाउसबाट समेत यसका बारे अभिव्यक्ति आउन थालेका छन् । ह्वाइट हाउसका सुरक्षा प्रवक्ता जोन कीर्बी भन्छन् “म कहिले पनि प्रदर्शनकारी शारिरिक रूपले क्षतविक्षत भएको हेर्न चाहर्दैनौ । चीनमा होस या इरानमा शान्तिपूर्ण प्रदर्शनको पक्षमा नै हामी छौ ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले पनि जो कोहीले पनि शान्तिपूर्ण रूपले आफ्नो कुरा राख्न पाउने अधिकारबाट वञ्चित नहुने भन्दा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्नो देशले लामो समय देखि चीनको जिरो कोभिड नीति र यसले पारेको असरलाई हेरिरहेको समेत बताए ।

ट्रेडेउले चीनमा मानव अधिकारको रक्षा भएको हेर्ने आफूहरूको ठुलो धोको भएको पनि बताएका छन् । चीनका विदेश मन्त्रालयले भने विरोध प्रदर्शन त्यहीँको कानुन भन्दा बाहिर हुन नुहुने जिकिर गरेको छ ।

चिनिया राष्ट्रपति सी जी पिङको जिरो कोभिड नीतिका कारण अहिले अर्थ तन्त्र ध्वस्त भएको छ । शक्ति राष्ट्रको रूपमा संसारमा पहुँच बढाउन उद्यत चीनको आफ्नै देशको आन्तरिक अवस्था ध्वस्त भइसकेको छ । सामान्य जीवन यापनमा नै समस्या आउन थाले पछि धेरै नागरिक खुलम खुला सडकमा आउन थालेका हुन् ।

संसारलाई भ्याक्सिन वितरण गर्दै कोरोना सकाउने उद्घोष गर्ने चीनमा नै कोरोना भ्याक्सिनको वितरण तीव्र गतिमा हुने सकेको छैन । अहिले अन्य समुदायलाई रोकेर वृद्धहरूलाई भ्याक्सिन दिने नीति बनेको छ ।

चीनको जिरो कोभिड नीति सुरुका दिनमा प्रभावकारी मानिए पनि पछिल्लो समय संसार नै खुला भई सकेको समयमा एकोहोरो रटान लगाउनुलाई संसार नै आश्चर्यको विषय मानेको छ । संसारमा भ्याक्सिनको व्यापक विस्तार र कोरोना भाइरस सामान्य बन्दै गएको समयमा चीनमा भने अहिले पनि नीति नियम महामारी कालमा जस्तै भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत यसमा आपत्ति जनाएको छ ।

चीनको नीतिले त्यहाँको मात्र होइन संसारकै अर्थतन्त्रलाई प्रभाव पारेको बताउँदै अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रमुख कोरोना महामारी नियन्त्रणको नाममा गरिएको व्यापक लकडाउनको बारे चीनले पुन विचार गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले यसका कारण अर्थतन्त्र खराब दिसामा गएको बताएका छन् । स्वास्थ्य अधिकारी र अर्थविद्हरूले लाखौँले भ्याक्सिन लगाउन सक्ने अवस्था भई सके पछि यस किसिमको कडाइ गलत भएको धारणा सार्वजनिक गर्न थालेका छन् ।

अन्य देशको नेतृत्वका सामु आफूलाई न डगमगाउने बताए पनि यो निर्णय पछि चिनिया सरकार डगमगाएको छ । पछिल्लो समाचारका अनुसार बिहीबार लकडाउनमा कमी ल्याइएको छ । गत साता मात्र प्रदर्शनमा १० जना भन्दा बढी व्यक्तिको मृत्यु भए पछि सी नयाँ निर्णयमा बाध्य भएको जनाइएको छ । आक्रोश हेर्दा सरकारी दमनका बाबजुद त्यहाँका नागरिक रोकिने सम्भावना कमै देखिएको छ ।

बेइजिङका धेरै सहरमा अहिले पनि नागरिकहरू लकडाउनमा बस्न बाध्य भएका छन् । अहिले त्यहाँ कोभिड सङ्क्रमितहरूमा धेरै जसो सामान्य लक्षण देखिएको छ । प्रदर्शन कारण यो निर्णय भए पनि सरकार आफू पराजित भएको देखाउन चाहँदैन । सरकारका भाइस प्रिमियर सन चुनलानले भाइरस कमजोर बन्दै गएका कारण सरकारको नीति परिवर्तन भएको जनाएकी छन् ।

“अहिले फैली रहेको ओमिक्रोन भाइरस माइल्ड हुनुका साथै धेरै जनामा भ्याक्सिन लगाइ सकेका कारण सरकारले प्रोटोकलमा नरम बन्ने नीति लिएको हो ”, चुनलानले भनिन् । चुनलानले यस्तो दाबी गरे पनि सरकारको नीति यत्ति कारणले मात्र परिवर्तन नभएको चीनलाई नजिकबाट नियाली रहेकाहरूको मत छ ।

पछिल्लो दिनमा भएको प्रदर्शनमा राष्ट्रपति सीले पद त्याग गर्नु पर्ने सम्मका आवाज उठेका थिए । मंगलबार सम्म प्रदर्शनकारीलाई दबाउने नीति लिएको चिनिया सरकारले व्यक्तिको जीवन यापनमा समस्या उत्पन्न भएमा गम्भीरता पूर्वक लिए कारबाही गरिने बताएका छन् ।

अहिले चीन खुला जीवनमा आउन हिचकिचाउनुको मुख्य कारण भने त्यहाँ बनेका भ्याक्सिनको गुणस्तर पनि हो । पश्चिमा देशले निर्माण गरेका एमआरएनए भ्याक्सिन मोर्डना र फाइजरको तुलनामा चिनिया भाइरसको प्रभावकारिता कम भएको गुनासो पनि सुन्न थालिएको छ । यस कारण पनि चीन सबै कुरा खुला गर्न हिचकिचाएको अनुमान धेरैको छ ।

धेरै जना वयोवृद्ध त भ्याक्सिन लगाइनुका बाबजुद कोभिडकै कारण ज्यान गुमाएका छन् । तथ्याङ्कका अनुसार फाइजरको भ्याक्सिनले सर्वाधिक ९० प्रतिशत गम्भीर लक्षणबाट बचाउन भने सिनोभ्याकले मृत्युबाट बचाउने प्रतिशत ७० प्रतिशत रहेको जनाइएको छ ।

कोरोना महामारी भित्रिएको तीन वर्ष हुनै लागेको छ । चीनबाट संसारका आएको यस भाइरसको असर धेरै कम भएको छ । तथापि चीनले समस्या महसुस गर्दै कठोर कानुन र कडाइ यथावतै राखेको छ । यसैकारण बिग्रिएको अर्थतन्त्र, जन विरोध र अन्य रोगको असर बढी रहेको चीन केही दिन यता भने जनदबाबका कारण आफ्नो नीतिमा सोच्न बाध्य भएको छ ।

(स्रोत : बीबीसी, द गार्जीयन, सीएनएन)

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १ : ५८ बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक