पुस्तान्तरणका लागि गगनले उठाएको जोखिम | Khabarhub Khabarhub

पुस्तान्तरणका लागि गगनले उठाएको जोखिम

कांग्रेसभित्रै अन्तर्घात, सत्ताको पदचाप, तर छैन नेताहरुकै साथ !


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : यसपटकको चुनावले धेरै मिश्रित परिणाम ल्याएको छ । तर जति मिश्रित परिणाम ल्याएको छ, त्यसले केही फरक र नयाँ आशातित कुरा पनि बाहिर ल्याएको छ । जसलाई सबैभन्दा ठूलो अनुहारका रुपमा गगन थापा र रवि लामिछानेमा प्रतिबिम्बित भएको छ ।

गगन थापाले नयाँ पुस्ताबाट प्रधानमन्त्री हुनुपर्छ भन्दै संसदीय दलको चुनाव लड्ने दाबी गरेका छन् । उनको दाबी छ, तर अंकगणितले उनको लडाई केवल लडाईमा सीमित हुनेछ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेता बन्ने स्पष्ट हैसियत हुँदा पनि गगनको लडाईले पुस्तान्तरणको प्रतिनिधित्व गरेको छ ।

तर पछिल्लो केही असन्तुष्टिका स्वर सुन्दा गगन थापाले पूस्तान्तरणका लागि नसोचेको जोखिम उठाएका छन् । जबकी उनी कांग्रेसभित्रैको लडाईले प्रधानमन्त्री बन्न सक्ने व्यक्ति हुन् । एकपछि अर्को गरि विस्तारै शक्तिमा पुग्न लागेका गगन जबर्जस्त प्रधानमन्त्री पदको दाबेदार हुँदा कांग्रेसभित्रै कलह सुरु भएको छ ।

सत्ता गठबन्धनको नेतृत्व गरेका कारण कांग्रेस धेरै हदसम्म आफूलाई चुस्त तथा दुरुस्त राख्नुपर्ने दबाबमा छ । तर गगनको महत्वाकांक्षाले भने कांग्रेसभित्रै एकपछि अर्को विवाद र गुटको सिर्जना हुने देखिएको छ ।

प्रधानमन्त्री बन्नका लागि संसदीय दलको चुनाव जित्न गगन अहिले भित्रभित्रै विभिन्न योजना बनाइरहेका छन् । उनका कतिपय योजना आफुनिकटकालाई बोक्ने र देउवातिरका नेताहरुलाई हदैसम्म पाखा लगाउने काम चलिरहेको छ ।

चुनावमा यसपटक हारेका कांग्रेसकै हेभीवेट नेताहरु गगनतिर अन्तर्घातको औँला सोझ्याइरहेका छन् । रुपन्देहीमा बालकृष्ण खाँण, काठमाडौँमा भीमसेनदास प्रधान, चितवनमा विश्व पौडेल लगायत धेरै नेता हार्दा यतिबेला गगनको चर्चा भइरहेको छ ।

आफू संसदीय दलको नेताको चुनाव लड्दा गगनले पार्टीभित्र नयाँ बहस सिर्जना गराएर पनि आफ्नो शक्ति र गुटगत फाइदाको स्वामित्व बोकेका छन् । यसले उनलाई रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्रसँग मिलेको आरोप पनि छ ।

तर पुस्तान्तरणका लागि गगनको आवाज चर्को छ । अब बुढा नेताहरुले केही गर्न नसक्ने भन्दै उनले जुन आवाज उठाएका छन्, त्यसप्रति धेरै नेताहरुको समर्थन छ । तर त्यो समर्थन बाहिर मात्रै छ । भित्रभित्रै भने गगनले चुनावमा गरेको रणनीतिक योजनाले धेरै असन्तुष्टि सिर्जना गरेको छ ।

गगन आफू प्रधानमन्त्री बन्नका लागि अति महत्वाकांक्षा राखेको पनि कतिपय कांग्रेस नेताहरुको भनाई छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारेका नेताहरुले गगनलाई कारबाही गर्नुपर्ने माग उठाएका छन् । गगनले पार्टीभित्रै गम्भीर समस्या ल्याएको भन्दै अनुशासनको कारबाही गर्नुपर्ने माग उनीहरुले चर्काएका छन् ।

कांग्रेस विरासतबाट शेखर कोइरालाको साथ समर्थन पाएर हौसिएका गगन थापाले आफ्नो महत्वाकांक्षा पूरा गर्न निर्मम रुपमा आफ्ना योजना लागू गराउने गरेका छन् । अहिले संसदीय दलको चुनाव जित्न पनि उनले अनेक योजनालाई सतहमा ल्याएका छन्् ।

तर त्यसले गगनलाई कति फाइदा गर्छ भन्दाभन्दै उनको राजनीतिक जीवनका यो किसीमले जोखिम उठाउने बानीले पुस्तान्तरणको बहस चर्किएला । तर अहिले पनि पुरानै राजनीतिक प्रवृत्तिका कारण उनीमाथि अनुशासनको कारबाही पनि हुन सक्छ ।

जसले एउटा नयाँ र फरक उद्धेश्य बोकेको आशलाग्दो कांग्रेस नेतामाथि अरु सबै बुढा नेता मिलेर प्रहार गर्न पनि बेर लगाउँदैनन् । त्यसैले गगनले पुस्तान्तरणका लागि जुन जोखिम उठाएका छन्, त्यसले सबैभन्दा पहिले उनकै राजनीतिक जीवनमा पनि गम्भीर क्षति गर्न सक्ने जोखिम नकार्न सकिन्न ।

किनकी उनले जुन जोखिम उठाउँदा पनि कांग्रेसभित्रैका नेताहरुको साथ छैन । छानबिन नभएका कारण उनले चुनावमा गरेको अन्तर्घातले पनि सामान्य सन्देश दिँदैन । त्यसैले यस किसीमको राजनीतिक प्रवृत्ति गगनलाई जति फाइदाको अपेक्षा गरिएको छ, ढिलोचाँडो उनैलाई घाटा नगर्ला भन्न सकिन्न ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  २ : ४४ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसदअघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि