वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ « Khabarhub

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

“हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भनी व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानूनको मस्यौदा पेश हुनेछ” उनले भने ।

थपलियाले निर्वाचन अधिकृतहरूलाई काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे ।

यसपटकको आमनिर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउँदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ४४ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा