मेयर बालेन र अमेरिकी राजदूत थम्पसनको भेटबारे एमाले उपाध्यक्ष रावलको चासो | Khabarhub Khabarhub

मेयर बालेन र अमेरिकी राजदूत थम्पसनको भेटबारे एमाले उपाध्यक्ष रावलको चासो


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् ।

मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा उपाध्यक्ष रावलले चासो व्यक्त गरेका हुन् । उनले यसबारे स्पष्ट पार्नसमेत भनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।’

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ६ : २९ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका