मन्दिरका मूर्ति र धातु चोरी गरी बिक्री गर्ने तीन जना पक्राउ « Khabarhub

मन्दिरका मूर्ति र धातु चोरी गरी बिक्री गर्ने तीन जना पक्राउ


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्दिरबाट मूर्तिसहितका धातु चोरी र बिक्रीमा संलग्न तीन जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका ११ घर भई हाल वडा नम्बर ८, बेंसीसहर बस्ने २४ वर्षीय राजु परियार, बेंसीसहर नगरपालिका ८ का २० वर्षीय विनोद तामाङ र रौतहत घर भइ हाल बेंसीसहर नगरपालिका ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिश्वर राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित तीन जनालाई बिहीबार साँझ पक्राउ गरिएको लमजुङ प्रहरीका डीएसपी प्रकाश श्रीमलले बताए ।

उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिरएको छ ।

प्रारम्भिक चरणको सोधपुछमा ७ वटा मन्दिरबाट चोरी गरेको उनीहरूले बताएका प्रहरीले जनाएको छ । चोरी र बिक्रीमा संलग्न उनीहरूलाई जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट शिवको मूर्ति १ थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको १ थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्टी १० थान, फुटाएको घण्टी ६ थान, पानस २ थान, ७ वटा बत्ती भएको पानस २ थान, चरेका थाली २ थान, ढलोटका लोटा १ थान, चरेशका कचौरा २ थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकाशका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ५४ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२