विदेशमा रहेका ८८ प्रतिशत नेपालीले लगाए कोरोना खोपको पूर्ण डोज « Khabarhub

विदेशमा रहेका ८८ प्रतिशत नेपालीले लगाए कोरोना खोपको पूर्ण डोज


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युज – नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले कोरोनाको पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीले खोप लिएका छन् ।

भारत, बंगलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन् । न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशतभन्दा कमले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपालबाहिर रहेका नेपालीको खोप लिने दर उच्च छ ।

कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो खोपसमेत लगाउन थालेका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीले बुस्टर लिएको संयोजक डा सापकोटाले बताए ।

समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् । हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ ।

कोरोना महामारी सुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्बन्धमा जनचेतना कार्यक्रम गर्दै आएको छ ।

संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत २ सयभन्दा बढी चिकित्सकले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाईरहेका छन् । स्वास्थ्य समितिद्वारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ५५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज