सुदूरपश्चिममा एमाले : यस्ता छन् ९ जिल्लाका आकांक्षी | Khabarhub Khabarhub

सुदूरपश्चिममा एमाले : यस्ता छन् ९ जिल्लाका आकांक्षी


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दौडधुप बढाएका छन् ।

सुदूरपश्चिमका ९ जिल्लामध्ये अछाममा मात्र एक जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा दावी गरेका छन् । बाँकी जिल्लामा आकांक्षी आन्तरिक तयारीमा जुटेका छन् । एमालेको जिल्ला महाधिवेशन २३ पुसमा हुँदैछ ।

कैलाली : कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र डेजी पोण्डे आकांक्षी देखिएका छन् । एमालेको नवाौँ महाधिवेसनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हालिरहेका छन् । दुवै जनाले स्वभाविक रुपमा आफूहरुको उम्मेदवारी हुने बताएका छन् ।

थापाले आफू उपाध्य भइसकेकाले स्वभाविक रुपमा अध्यक्षमा दाबी रहने बताए । उनले सहमतिमै आफू अध्यक्ष बन्ने दावीसमेत गरे ।

चन्दले पनि स्वभाविक रुपमा आफू अध्यक्षको दावेदार भएको बताएका छन् । ‘विद्यार्थीकालदेखि नै एमालेको संगठन निर्माणमा जुटेको र अहिलेसम्म मैले त्याग गरेको छु,’चन्दले भने, ‘त्यसैले पनि म अध्यक्षका लागि दावेदार हुँ, सबैले मलाई सहजरुपमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ अर्का आकांक्षी पाण्डेले पनि पार्टी निर्माणका लागि लामो समय काम गरेको भन्दै अब नेतृत्वमा आउन चाहेको बताएका छन् ।

कञ्चनपुर : कञ्चनपुरमा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिएका छन्। दुबै जना आन्तरिक तयारीमा रहे पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छैनन् ।

डडेल्धुरा : डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँदसँगै अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल आकांक्षी देखिएका छन् । तर, कुनै पनि नेताले अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।

बैतडी : बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन् । दुबै नेताले आन्तरिक तयारी थालेपनि उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

दार्चुला : दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी सहमति भए पुनः अध्यक्ष बन्ने दाउमा छन् । उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।

बाजुरा : बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् ।

बझाङ : बझाङमा भने अहिलेसम्म अध्यक्षमा आकांक्षी खुलिसकेका छैनन् । एमाले जिल्ला सदस्य नवराज भट्टका अनुसार अहिले नेताहरु संगठन विस्तारका लागि स्थानीय तह केन्द्रित भएका कारण आकांक्षी खुलेका छैनन् ।

अछाम : अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीसँगै अछाममा चन्द्र बोहरा र कृष्णप्रसाद जैसी पनि अध्यक्षका आकांक्षी छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ३८ बजे

माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९माओवादी

जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत

बर्लिन– जर्मन संसदले अति दक्षिणपन्थी एएफडीले समर्थन गरेको आप्रवासी विधेयक

लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम्‌ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

एजेन्सी – भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन्

महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

महोत्तरी– गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री