प्रदेश- २ को नाम र राजधानी टुंग्याउन दलहरूबीच सघन छलफल | Khabarhub Khabarhub

प्रदेश- २ को नाम र राजधानी टुंग्याउन दलहरूबीच सघन छलफल


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन बसेको विशेष समितिले छलफललाई तीव्रता दिएको छ ।

प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठन गरिएको उक्त समितिले काम थालेको १५ दिन भित्र प्रदेशको नामाकरण र राजधानी  विषयमा सघन छलफल प्रतिवेदन प्रदेश सभामा पेस गर्न समय दिएको छ ।

सीमित समय तोकिएकाले समितिको नियमित बैठक बस्ने गरेको सभामुख यादवले बताए । समितिको कार्यविधि पास भइसकेको भन्दै सभामुख यादवले दलहरूले प्रदेशको नाम र राजाधानी प्रस्तावमा सकरात्मक छलफल भइरहेको उनले बताए ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ भने एमाले र नेकपा एसले जानकी, कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेका छन् । पर्सा केन्द्रित सबै पार्टीका सांसदहरूले मध्य मधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

समितिमा दलहरूले गरेको प्रस्तावका साथै स्वतन्त्र रूपमा सासदहरूले गरेको प्रस्तावमा पनि छलफल भइरहेको सभामुख यादवले बताए ।

हुन त, प्रदेश सभाको ८औँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले जारी अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउन सरकार गम्भीर रहेको बताएका थिए ।

त्यसैगरी, सरकारका सहयोगी दल नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले सत्ता रुढ दलहरूकै प्रदेशको नाम र राजधानीको प्रस्ताव फरक फरक भए पनि साझा प्रस्तावको विषयमा सत्तारुढ दलहरूबीच छलफल भइरहेको बताए ।

‘प्रदेशको नाम र राजधानी टुंग्याउन ढिलो भइसकेको छ,’ मन्त्री महतोले भने, ‘अब ढिलो हुँदैन, ८औँ अधिवेशनबाट जसरी पनि टुंगो लगाउने हाम्रो प्रयास छ ।’

जानकी मधेश, मिथिला मधेश, मध्य मधेश लगायतमा साझा एजेण्डा हुन सक्ने उनले बताए ।

सत्तारुढ दल कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहाले प्रदेशको नाम र राजधानीको विषयमा आफ्नो पार्टी हदैसम्मको लचकता अपनाउने बताए । उनले भने, ‘आठमा मात्र होइन २२ जिल्लालाई मधेश भन्छन् । तर, त्यसकारण साघुँरो बनाउने काम उपयुक्त होइन । यो कुरा मधेशवादी दलहरूले पनि बुझनु आवश्यक छ ।’

प्रदेश सभामा जसपा ३९, कांग्रेस १९, लोसपा १६, एमाले आठ, माओवादी केन्द्र आठ, नेकपा एमाले १३ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको एक सिट छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ११ : ४० बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको