कर्णालीबाट माओवादीमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य « Khabarhub

कर्णालीबाट माओवादीमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । तर मुगु र दैलेखबाट एकजना पनि परेका छैनन् ।

केन्द्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोटबाट र सबैभन्दा कम डोल्पाबाट परेका छन् । जाजरकोटबाट आठजना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट एकजना मनोनीत भएका छन् ।

जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन् । सत्य पहाडी शक्तिबहादुर बस्नेत र कृष्णा शाह रामदीप आचार्यको श्रीमती हुन् ।

सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्य भएका छन् । घर्ती विष्टकी श्रीमती हुन् ।

रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्यमा चयन भएका छन् । जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर केन्द्रीय सदस्य चयन भएका छन् ।

कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकीऽ हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी तथा डोल्पाबाट काली चलाउने केन्द्रीय सदस्य चयन भएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : २५ बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा